कोरोनाले उग्र रुप लिदै, नेपालमा कोरोनाबाट अहिलेसम्मकै धेरै ५५ जनाको मृत्यु

May Tue 2021 06:49:16

768 views

कोरोनाले उग्र रुप लिदै, नेपालमा कोरोनाबाट अहिलेसम्मकै धेरै ५५ जनाको मृत्यु

नेपालमा कोरोना सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या ५५ पुगेको छ । निधन हुनको यो सङ्ख्या हालसम्मकै उच्च हो । अहिलेसम्म तीन हजार ४१७ सङ्क्रमणबाट निधन भइसकेका छन् ।


देशभर सात हजार ६६० मा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाइएको छ । सोमबार (वैशाख २० गते) सात हजार ४४८, आइतबार (वैशाख १९ गते) सात हजार २११, शनिबार (वैशाख १८ गते) पाँच हजार ७६३ र शुक्रबार (वैशाख १७ गते) पाँच हजार ७२७ सङ्क्रमित देखिएका थिए ।

कोभिड–१९ को दोस्रो लहर बढेसँगै वैशाखको शुरु देखि सङ्क्रमित हुनेको सङ्ख्या दैनिक उकालो लागिरहेको छ ।

पछिल्लो २४ घण्टामा २० बर्षदेखी ४० बर्ष उमेरसमूहका ३ हजार ८६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ९ वर्ष मुनिका १७४ जना, १० देखि १९ वर्ष मुनिका ४५२ जना, २० देखि २९ बर्षमुनिका १ हजार ८९२ जना, ३० देखि ३९ बर्षमुनिका १ हजार ९७४ जना, ४० देखि ४९ बर्षमुनिका १ हजार ३४० जना, ५० देखि ५९ बर्षमुनिका १ हजार १५ जना, ६० देखि ६९ बर्षमुनिका ४३७ जना, ७० देखि ७९ बर्षमुनिका २०९ जना, ८० देखि ८९ बर्षमुनिका ६० जना, ९० देखि १०० बर्षमुनिका ६ जना र अजात २८ जना गरी ७ हजार ६६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

 सङ्क्रमितमध्ये ६१६ सघन उपचार कक्ष (आइसियु) र १७९ भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।