नेप्से घटेपनि ७ अर्ब ५२ करोडको शेयर कारोबार

May Mon 2021 06:54:18

516 views

नेप्से घटेपनि ७ अर्ब ५२ करोडको शेयर कारोबार

काठमाडौं, । यो साताको पहिलो कारोबार दिन ५४ अंकले बढेको सेयर बजार सोमबार भने १२.३५ अंकले घटेर परिसूचक २६५२ विन्दुमा झरेको छ। नेप्से घटेपनि कारोबार भने २ सय १६ कम्पनीको ७ अर्ब ५२ करोड ९२ लाख रुपैयाँको भएको छ। आइतबार कारोबार रकम ७ अर्ब ३६ करोड रुपैयाँ मात्र थियो ।

कारोबारमा आएका १३ समूह मध्ये माइक्रोफाइनान्स र इन्भेष्टमेन्ट बाहेक अरु सबै समूहको परिसूचकमा गिरावट आएको छ । माइक्रोफाइनान्स ६९ र इन्भेष्टमेन्ट ०.४९ अंकले मात्र बढेको छ ।

यस्तै  सबैभन्दा धेरै शेयर कारोबार अपि पावर कम्पनीको भएको छ । यो कम्पनीको ३९ करोड २९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। कमाउने कम्पनीहरुको अग्रस्थानमा भने विशाल बजार कम्पनी रहेको छ। कम्पनीको शेयर मूल्यमा आज ९.९९ प्रतिशतको बृद्धि छ भने गुमाउने कम्पनीहरुको अग्रस्थानमा हिमालयन उर्जा विकास कम्पनी रहेको छ । यो कम्पनीको शेयर मूल्यमा भने ३.३२ प्रतिशतको गिरावट छ ।