बैंक, बीमा र वित्तीय संस्थाको शाखामा प्रशासनले अनुगमन गर्ने, बढी कर्मचारी बोलाए कारबाही गर्ने

May Mon 2021 07:40:26

661 views

बैंक, बीमा र वित्तीय संस्थाको शाखामा प्रशासनले अनुगमन गर्ने, बढी कर्मचारी बोलाए कारबाही गर्ने

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले अत्यावश्यक सेवा प्रदान गर्ने  बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी जस्ता निजी क्षेत्रबाट प्रवाह हुने अत्यावश्यक सेवा संचालनको लागि पनि एक चौथाई कर्मचारीबाट मात्रै सेवा प्रवाह गर्न सम्बन्धित नियामक (नेपाल राष्ट्र बैंक र बीमा समिति) ले निर्देशन दिइसकेका छन् ।

अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालय तथा निकायको हकमा सम्बन्धित माथिल्लो निकाय तथा निजी क्षेत्रबाट प्रवाह हुने अत्यावश्यक सेवाको हकमा सम्बन्धित नियामक निकायले गरेको निर्देशनको पालना भए नभएको अनुगमन गरिने जिल्ला प्रशासन कार्यालय काठमाडौंको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

यस्तो निर्देशनको पालना कडाईका साथ भए नभएको अनुगमन गर्दैछौं, बढी कर्मचारी बोलाएर काममा लगाइएको पाइए कानुन अनुसार कारबाही हुन्छ,’ प्रमुख जिल्ला अधिकारी पराजुलीले भने ।