अबदेखि उपत्यकामा बैंक तथा बीमा कम्पनीले सबै शाखा खोल्न नपाउने

May Tue 2021 07:43:06

618 views

अबदेखि उपत्यकामा बैंक तथा बीमा कम्पनीले सबै शाखा खोल्न नपाउने

काठमाडौं । काठमाडौं उपत्यकामा बैंक तथा बीमा कम्पनीहरुले अब सबै शाखा कार्यालयहरु खोल्न नपाउने भएका छन् । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले बैंक तथा वित्तीय संस्थाहरुलाई २५ प्रतिशत मात्रै शाखा खोल्न दिने निर्णय गरेको हो ।

अहिलेसम्म बैंक तथा बीमा कम्पनीहरुले थोरै कर्मचारी राखेर भए पनि सबै शाखा कार्यालयहरु खोलेर सेवा दिंदै आएका छन् । सबै शाखा कार्यालय खोेल्दा भीड बढेको निष्कर्ष निकाल्दै प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो ।