कोरोना संक्रमितलाई बेड खोज्न सघाउने कोभिड कनेक्ट नेपाल, हटलाइन नम्बर ९८१३२८८९९८, ९८४३३८९४१२, ९८४२८६३०९३, ९८२३०११६२३ मा फोन गरेर सहयोग लिन सक्ने

May Tue 2021 08:18:38

724 views

कोरोना संक्रमितलाई बेड खोज्न सघाउने कोभिड कनेक्ट नेपाल, हटलाइन नम्बर ९८१३२८८९९८, ९८४३३८९४१२, ९८४२८६३०९३, ९८२३०११६२३ मा फोन गरेर सहयोग लिन सक्ने
सुरजराज पाण्डेको समूह बिरामीलाई बेड, आईसीयू, भेन्टिलेटर खोज्न सघाउनका लागि अहिले युवाहरुको समूह सक्रिय भएको छ ।
(Covid Connect Nepal (covidconnectnp.org) सुरजराज पाण्डेको समूह कोभिड कनेक्ट नेपालले उपत्यकामा आईसीयू, भेन्टिलेटर, बेड नपाउने, सिलिन्डर नपाएका बिरामीहरुलाई खोज्न सघाइरहेको छ ।
वैशाख १६ गतेदेखि अभियान थालेका उनीहरुले डेढसय जनालाई अक्सिजनसहितको बेड, आईसीयू र भेन्टिलेटर सहयोग गरिसकेका छन् । जसलाई उनीहरुले वेबसाइटमा अपडेटसमेत गरेका छन् ।
सहयोगको आवश्यकता रहेकाहरुले वेबसाइट https://covidconnectnp.org/ अथवा हटलाइन नम्बर ९८१३२८८९९८, ९८४३३८९४१२, ९८४२८६३०९३, ९८२३०११६२३ मा फोन गरेर सहयोग लिन सक्ने

आपतमा परेकाहरुको सहयोगका लागि अहिले उनको टिममा ५५ जनाभन्दा बढी मनकारीहरु सक्रिय छन् । १८ जनाले हटलाइनमार्फत आएको फोन अनुसार व्यक्तिको समस्या बुझ्ने, ७ जनाले सामाजिक सञ्जालमा आएको अनुरोध हेर्ने, अस्पतालहरुमा हरेक दुई वा तीन घन्टामा फोन गर्दै उपलब्ध भएको बेड, अक्सिजनको अवस्था बुझेर अर्को ७ जनाको आईटी समूहलाई अपडेट गर्ने काम गर्दै आएको छ । यो समूहले आएको अनुरोध संख्या, त्यसको प्रकार, आईसीयू, भेन्टिलेटर बेड, अक्सिजन, गाडी पाउनेको संख्या वेबसाइटमा अपडेट गर्छ ।

१५ जनाको मेडिकल टिमले अनुरोध आएका संक्रमितको अवस्था अनुसार परामर्श दिने गर्छ । सामान्य रुघाखोकी, हाछ्यूँ, हल्का ज्वरो आएको व्यक्तिलाई घरमै आइसोलेसन बस्न भनिन्छ, सामान्य अक्सिजन कम भएकालाई अक्सिजन लिएर बस्न परामर्श दिइन्छ । एम्बुलेन्स, गाडीको व्यवस्थासमेत जुटाइदिन यो समूहभित्र केही जनाको टिम सक्रिय छ ।