कोरोना संक्रमण भई कोरोना मुक्त भएका व्यक्तिहरूका महत्वपूर्ण जीवनउपयोगी अनुभवहरू

May Fri 2021 07:13:09

819 views

कोरोना संक्रमण भई कोरोना मुक्त भएका व्यक्तिहरूका महत्वपूर्ण जीवनउपयोगी अनुभवहरू

कोरोना संक्रमण भई कोरोना मुक्त भएका व्यक्तिहरूका अनुभवहरू:

लक्षणहरु :

१. श्वास फेर्न गार्हो

२. स्वादबिहिन

३. बास्नाबिहिन

४. सुख्खा खोकी

५. हल्का पखाला

६. सरिरमा घमौरा जस्तो दाना

७. सुरुको १,२ दिन हल्का सामान्य ज्वरो।

८. आँखा पिरो भएर पोल्ने ।

९. जिउ जोर्नि कर्करि दुख्नु टाउको आकाश तिर उडेको जस्तो गरि दुख्नु। हिडडुल गर्न नसक्नु आदि। ब्यक्ति अनुसार अन्य लक्षण थपघट हुन सक्नेछ्न।

उपचार विधि

क) घरेलु बिधि :

१) तातो पानीको बाफ (दिनको कम्तिमा ३ पटक) सके सोनाको स्टिम बाथ लिनु। चिसो पानी नपिउनु, ननुहाउने गर्नु नुहाउन तातोपानी प्रयोग गर्नुस।

२) गुर्जो, तुलसिको पात, ज्वानो, अदुवा, मरिच, टिमुर आदि पकाएको पानी ( दिनको कम्तिमा ३ गिलास तर गुर्जो तुलसिको पात संगै नखाने)

३) भिटामिन र क्याल्सियम युक्त फलफुल विशेष गरि सुन्तला, कागती,भूइकटहर आदि। सिजन अनुसारका अन्य फलफूल जे खाए पनि हुन्छ।

४) दूध ( साझ बिहान १,१ गिलास , सम्भव भए गाईको दूध )

५) माछा , मासु, अन्डा ( विशेष गरि बट्टाईको अस्टृज खसि आदिको मासु )

६)बिहानको घाम ताप्ने (Vitamin D को लागि )

७) अनुलोम- बिलोम, कपालभाती जस्ता योगाभ्यास ।

८)दुई चम्चा चेवनप्रास एक गिलास दुध वा तातोपानीसङ्ग बिहान बेलुका खानुहोस।

ख ) Medical Medicine:

Cetamol ज्वरो आएमा मात्र लिनुहोस। (६/६ घण्टामा ज्वरो नबसुन्जेल) कुनैपनि brufen नलिनुस।

डाक्टरको सल्लाह बिना कुनै प्रकारका अन्य औषधि आबश्यक नपरेसम्म प्रयोग नगर्नुहोस प्रकृति आफै ठूलो औषधि हो।