बैंकले हामीलाई दास बनाईरहेको छ - 'जो मान्छेको आय आर्जन छ , जसले ऋण तिर्न सक्छ, जसको व्यवसाय छ उनीहरुलाई मात्रै बैंकले लगानी गरीरहेको छ

May Fri 2021 07:44:02

840 views

बैंकले हामीलाई दास बनाईरहेको छ - 'जो मान्छेको आय आर्जन छ , जसले ऋण तिर्न सक्छ, जसको व्यवसाय छ उनीहरुलाई मात्रै बैंकले लगानी गरीरहेको छ

- डा. देवराज रोका (कल्याण)

बैंकहरु संसारमा यस्तो अवस्थामा छन् कि पैसाको सर्कुलेसन र व्यापार गर्ने ठाँउ चाँही बैंक हो । सरकारले बनाएको निश्चित नीति अनुसार बैंकले पैसाको व्यापार गरीरहेको हुन्छ । संसारका हरेक देशमा आ—आफ्नो मौद्रिक नीति हुन्छ त्यसै अनुसार बैंकहरु चल्दछन् । मौद्रीक नीतिले यसलाई निर्देशित गर्दछ । यो नीतिले कुन वर्गका लागि पैसाको व्यापार गर्ने ? यो व्यापारले कुन बर्गलाई माथि लान्छ भन्ने कुरा निर्धारण गर्दछ । बैंकहरुलाई नियमन गर्ने एउटा बैंक हुन्छ । हाम्रोमा राष्ट्र बैंक छ । अमेरीकामा रिजर्भ बैंक छ । चाईनामा पिपुल्स बैंक छ ।

बैंकबाट मान्छेहरु हतपत उम्किन सक्ने अवस्था अहिले छैन । आय आर्जनमा लागेका अधिकाश मानिस बैंकका दास भएका छौँ । यो जब सम्म रोकिन्न तब सम्म स्वरोजगारी सृजना गर्ने, उत्पादनशील काममा लाग्ने अवसर प्राप्त हुँदैन । त्यसैले यो मौद्रीक नीति परिवर्तन गर्नु पर्दछ ।

- बैकिग सम्बन्धी सान्दर्भिक अन्तरवार्ता लेख भएकाले हामीले मिर्मिरेअनलाइन बाट साभार गरेका हौं ।

बैंकले हामीलाई दास बनाईरहेको छ

हम्रो देशको मौदिक नीति चाँही कस्तो छ भने लगानीको क्षेत्र खास गरी उत्पादको क्षेत्रमा लगानी गर्ने खालको वातावरण बनाउन सकिरहेको छैन । सरकारको तर्फबाट खर्च गर्ने पैसा जम्मा गर्ने र खर्च गर्ने वित्तीय नीति जो बजेटबाट पनि अभिव्यक्त हुन्छ । अहिले मौद्रीक नीतिले के गरेको छ भने जसले कमायो उसैले लगानी गर्नु पर्ने खालको बनाईदियो । जस्तै २० वर्ष अगाडीको मुल्य हेर्नु भयो र अहिलेको मुल्य हेर्नु भयो भने जसले बैंकबाट ऋण लिएर जग्गा किने, उनीहरु धनी भए । यसका लागि हाम्रो वित्तीय नीतिले पनि सहयोग पुर्याईरहेको छ ।
जो मान्छेको आय आर्जन गर्न सक्छ, जसले ऋण तिर्न सक्छ, जसको व्यवसाय छ त्यो मान्छेमा मात्रै बैंकले लगानी गरीरहेको छ । यसले हुनेहरुलाई झन धनी बनाईरहेको छ । जो मान्छेसँग धितो छैन, जो मान्छेले आयआर्जन गर्न सकिरहेका छैनन् त्यो मान्छेलाई बैंकले हेर्दै हेर्दैन अर्थात ऋण दिदैन । एउटा भनाई छ नि बैंकको ऋण खानु छ भने दुखः देखाएर हैन, सम्पत्ति देखाएर खानुस् । नेपालको सन्दर्भमा जो मान्छे आयआर्जनमा छ , जसले घर बनाउन सक्छन् जसले सम्पत्ति धितोमा राख्न सक्छ । मानी लिउ म काम गर्छु भने मैले कमाएको पैसा बैंकमा लगेर बुझाउनु पर्दछ । बैंकले घरको ऋण बाहेक गाडी पनि थमाई दिएको हुन्छ । तपाईले पैसा अन्य क्षेत्रमा लगानी गर्न पाउने अवस्था हुँदैन । बैंकबाट मान्छेहरु हतपत उम्किन सक्ने अवस्था अहिले छैन । आय आर्जनमा लागेका अधिकाश मानिस बैंकका दास भएका छौँ । यो जब सम्म रोकिन्न तब सम्म स्वरोजगारी सृजना गर्ने, उत्पादनशील काममा लाग्ने अवसर प्राप्त हुँदैन । त्यसैले यो मौद्रीक नीति परिवर्तन गर्नु पर्दछ ।
(रोका युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष हुन् ।)