May Thu 2021 04:32:34
काठमाडौं । कोभिड–१९ को दोस्रो लहरमा मानसिक स्वास्थ्य र मनोसामाजिक समस्या सम्वोधन गर्नका मनोसामाजिक सहयोग टोली गठन गरिएको छ ।
मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपाल (सीएमसी नेपाल) का प्राविधिक निर्देशक डा. पशुपति महतको नेतृत्वमा गठित टोलीले कोरोना संक्रमित भई होम आइसोलेसनमा बसेकाहरुलाई टेलिफोनको माध्यमबाट मनोसामाजिक तथा मानसिक स्वास्थ्य सेवा दिनेछ ।
डा. महतले समुदायस्तरमा रहेका १ सय १० जना सामुदायिक मनोसामाजिक कार्यकर्ता, १ सय ७५ भन्दा बढी मनोपरामर्शकर्ता/मामला ब्यवस्थापक र संस्थाका ३४ जना प्राविधिक कर्मचारीमार्फत सेवा दिने बताए । सेवा लिन चाहनेले टोल फ्रि नं १६६००१८५०८० बाट हरेक दिन विहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म मनोविद्म/नोपरामर्शकर्ताबाट निशुल्क सेवा लिन सक्नेछन् ।
त्यस्तै वरिष्ठ मनोचिकित्सक डा. कपिलदेव उपाध्यायालाई ९८४१४१९९८० र सीएमसी नेपालका प्राविधिक निर्देशक डा. पशुपति महतलाई ९८५१०९४८३१ मोवाइलमा पनि भेट्न सकिनेछ ।