कोरोनाबाट ठीक भएपछि पनि यी कुरामा ध्यान नदिए ज्यान फेरि जानसक्छ ! सचेत रहौ

May Thu 2021 03:37:46

812 views

कोरोनाबाट ठीक भएपछि पनि यी कुरामा ध्यान नदिए ज्यान फेरि जानसक्छ ! सचेत रहौ

काठमाण्डौ । कोरोनामुक्त भएपछि कतिपय मानिसले अन्य समस्या पनि सामना गरिरहेका छन्। कसैलाई छिटै थकाइ लाग्ने त कसैलाई सास लिन समस्या भइरहेको होला। कसैलाई मुटुको समस्या त कसैलाई अन्य समस्याहरु देखिन थालेको सुन्न र देख्न पाइन्छ। 

चिकित्सकहरुका अनुसार पोस्ट कोडिभ केयर अर्थात कोरोनाबाट मुक्त भएपछि पनि स्वास्थ्यको ख्याल उति नै आवश्यक हुन्छ। हप्तौँ वा महिनौँसम्म पनि सतर्कता अपनाउन आवश्यक हुन्छ। नत्र सानो लापरबाहीले पनि ठूलो समस्या निम्याउन सक्छ।

शरीरमा कोभिडको असर

धेरैजसो मानिसले कोभिडलाई सामान्य रुघाखोजीजस्तै बिरामी ठान्छन्। यसले केवल फोक्सोमा मात्र असर गर्ने सम्झिन्छन्। तर त्यस्तो होइन।

कोभिड नयाँ संक्रमण हो। यसले शरीरका अन्य कुन–कुन अंगमा असर गर्छ भन्ने कुरा विस्तारै–विस्तारै बाहिर आइरहेका छन्। यसले मानिसको मुटु, दिमाग, मांसपेसी, धमिनी र नसा, रगत, आँखाजस्ता शरीरका अन्य अंगमा पनि असर गर्छ भन्ने कुरा पत्ता लागिसकेको छ। यही कारणले हृदयघात, डिप्रेसन, थकान, शारीरिक दुःखाइजस्ता समस्याको सामना संक्रमणमुक्त भएकाहरुले गरिरहेका छन्। 

त्यसैले चिकित्सकहरुले कोरोनामुक्त भएपछि शरीरमा देखिने त्यस्ता समस्यालाई नजरअन्दाज नगर्न सुझाव दिन्छन्। शरीरमा अन्य समस्या देखिना साथ सल्लाहसुझाव लिन चिकित्सकहरुले आग्रह गर्दै आएका छन्।

हल्का लक्षण भएको कोभिडबाट निको भएपछि के गर्ने ?

चिकित्सकहरुले हल्का लक्षण भएको कोभिड देखिएका धेरैजसो मानिसहरु घरमै ठिक भए पनि पोस्ट कोभिड केयर आवश्यक रहेको बताउँछन्। उनीहरु धेरैजसोमा शारीरिक कमजोरी, थकान, भोक नलाग्ने, दुःखाइ, शरीरको तापमान बढ्ने, डरजस्ता समस्या देखिने हुँदा निको भएपछि यस्ता समस्या देखिन सक्ने चिकित्सकहरु बताउँछन्। 

यसका लागि चिकित्सकहरुले यस्ता सुझाव दिएका छन् –

– यदि हल्का लक्षण देखिएको छ तर आफूलाई स्वस्थ महसुस गर्नुहुन्छ भने १४ दिन घरमै आइसोलेसन बस्न सक्नुहुन्छ। 

– निको भएपछि खानपानमा विशेष ध्यान दिनुहोस्। हरियो सागसब्जी र प्रोटिनयुक्त खाना धेरै खानुहोस्। यसले कोरोनाबाट कमजोर बनेको शरीरको प्रतिरोधात्मक क्षमता बढाउँछ।

– खाना खान मन लाग्दैन भने पनि थोरै–थोरै गरी खानुहोस्। पानी पनि सही मात्रामा पिउनुहोस्।

– नियमित योग तथा प्रणायाम गर्नुहोस्। एकैपटक थुप्रै काम नगर्नुहोस्। 

– संक्रमणमुक्त भएको १५–३० दिनसम्म अक्सिजन, ज्वरो, रक्तचाप, सुगरको नियमित जाँच गर्नुहोस्। 

– भरसक तातो वा मनतातो पानी पिउनुहोस्। दिनमा २ पटक बाफ अवश्य लिनुहोस्। कम्तीमा ८ देखि १० घन्टा अवश्य सुत्नुहोस्। 

– संक्रमणमुक्त भएपछि हरेक ७ मा चिकित्सकसँग अवश्य स्वास्थ्यजाँच गराउनुहोस्। 

चिकित्सकहरुले संक्रमणमुक्त भएको १०–१५ भित्रै नियमित काममा फर्किन सकिन्छ। तर चिकित्सकले कुनै औषधि खान सल्लाह दिएका छन् भने अवश्य खानुहोस्। नियमित चिकित्सकको सल्लाह पनि लिनुहोस्। 

कोरोनामुक्त भएकाहरु धूमपान र मद्यपानबाट टाढै बस्नुपर्ने चिकित्सकहरु सल्लाह दिन्छन्। 

– संक्रमणमुक्त भएपछि चिकित्सकको नियमित फलोअप जानुपर्छ। कुनै जाँच गर्नुछ भने गर्नुपर्छ।

– मास्क अनिवार्य रुपमा लगानुपर्छ। हात बारम्बार धनुपर्छ। सामाजिक दूरी कायम गर्नुपर्छ।

केही बिरामीमा निको भएपछि पनि औषधिको साइड इफेक्ट हप्तौँसम्म रहन सक्छ। त्यसैले निको भएपछि नियमित रुपमा शरीरमा देखिने समस्याका विषयमा चिकित्सकसँग रायसल्लाह लिनुपर्छ।

 कम गम्भीर र धेरै गम्भीर लक्षण भएको कोरोना संक्रमणबाट मुक्त भएका बिरामीहरुले शरीरमा पानीको मात्रा सही राख्नका लागि तरल पदार्थ सेवनमा बढी जोड दिनुपर्छ। 

– ताजा खाना नै खानुपर्छ। 

– शारीरिक थकान हुने गरी एकैपटक धेरै काम गर्नुहुन्न। 

– यस्ता बिरामीलाई पूर्ण रुपमा निको हुन ३ महिनासम्म लाग्ने भएकोले आराम गर्नु नै ठिक हुन्छ।