काठमाण्डाै उपत्यकामा बिहीबार देखि अत्यावश्यक का कार्यालय बन्द

May Wed 2021 05:30:38

1155 views

काठमाण्डाै उपत्यकामा  बिहीबार  देखि अत्यावश्यक का कार्यालय बन्द

काठमाण्डाै – काठमाण्डाै उपत्यकामा बिहीबार  देखि अत्यावश्यकबाहेकका कार्यालय बन्द हुने भएको छ । काठमाण्डाैका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड–१९ को जोखिम बढ्दो क्रममा रहेकाले निषेधाज्ञाको अवधिभर त्यस्ता कार्यालय बन्द रहने जनाइएको छ ।

काठमाण्डाै प्रशासनले आज एक सूचना निकाल्दै कोरोनाको महामारी तीव्र रूपमा बढिरहेकाले त्यसको नियन्त्रणका लागि यस्ताे निर्णय गएिको जनाएको छ । निषेधाज्ञाको अवधिभर अत्यावश्यक सेवाको कार्यालयबाहेक अन्य सबै जिल्लामा रहेका कार्यालय यही वैशाख ३० गतेदेखि बन्द गर्ने/गराउने व्यवस्थाका लागि जानकारी गराइन्छ, प्रशासनले निकालेकाे सार्वजनिक सूचनामा उल्लेख छ ।

सूचनामा अत्यावश्यक सेवाका कार्यालयलाई सेवा प्रवाहमा कुनै व्यवधान आउन नदिइ न्यूनतम जनशक्तिमा सेवा प्रवाहको व्यवस्थापन गर्नसमेत भनिएको छ ।