अब बैंकमा ५० हजारभन्दा कम रकम जम्मा गर्न नपाइने, कर्जा सेवा, नयाँ खाता खोल्ने लगायतका कामहरू तत्कालका लागि नहुने

May Thu 2021 07:46:14

647 views

अब बैंकमा ५० हजारभन्दा कम रकम जम्मा गर्न नपाइने,  कर्जा सेवा, नयाँ खाता खोल्ने लगायतका कामहरू तत्कालका लागि नहुने

बैंकहरुमा अब न्यूनतम रु ५० हजारभन्दा कम जम्मा (डिपोजिट)  गर्न नपाइने भएको छ ।  नेपाल बैंकर्स संघको बैठकले निश्चित शाखाबाट सम्पूर्ण सेवा प्रवाह हुँदा जोखिम बढेको भन्दै  अबदेखिदेखि विभिन्न ५ सेवा मात्र प्रवाह गर्ने निर्णय गरेको हो । सङ्घले सबै बैंकलाई खाताबाट नगद झिक्ने, खातामा रु ५० हजारभन्दा बढी रकम जम्मा गर्ने, रकम स्थानान्तरण (चेक, कनेक्ट आईपीएस) आरटी जीएस), विप्रेषण भुक्तानी र अन्तर्राष्ट्रिय व्यापार गर्न निर्देशन दिएको छ । 

न्यूनतम रु ५० हजारभन्दा कम जम्मा ९डिपोजिट० नगर्ने निर्णय भएको सङ्घका अध्यक्ष भुवन दाहालले जानकारी दिनुभयो ।

संघले सरकारले अत्यावश्येक सेवा बाहेक घरबाट बाहिर ननिस्कन गरेको आग्रहको पालना गर्दै डिजिटल बैंकिङ कारोबारको प्रयोग गर्न आग्रह गरेको छ । बैंकले निश्चीत सेवा प्रवाह गर्ने भएपछि अब कर्जा सेवा, नयाँ खाता खोल्ने लगायतका कामहरू रोकिने भएका छन् ।