अब बैंकमा ५० हजारभन्दा कम रकम जम्मा गर्न नपाइने, कर्जा सेवा, नयाँ खाता खोल्ने लगायतका कामहरू तत्कालका लागि नहुने

May Fri 2021 04:46:14

अब बैंकमा ५० हजारभन्दा कम रकम जम्मा गर्न नपाइने,  कर्जा सेवा, नयाँ खाता खोल्ने लगायतका कामहरू तत्कालका लागि नहुने

बैंकहरुमा अब न्यूनतम रु ५० हजारभन्दा कम जम्मा (डिपोजिट)  गर्न नपाइने भएको छ ।  नेपाल बैंकर्स संघको बैठकले निश्चित शाखाबाट सम्पूर्ण सेवा प्रवाह हुँदा जोखिम बढेको भन्दै  अबदेखिदेखि विभिन्न ५ सेवा मात्र प्रवाह गर्ने निर्णय गरेको हो । सङ्घले सबै बैंकलाई खाताबाट नगद झिक्ने, खातामा रु ५० हजारभन्दा बढी रकम जम्मा गर्ने, रकम स्थानान्तरण (चेक, कनेक्ट आईपीएस) आरटी जीएस), विप्रेषण भुक्तानी र अन्तर्राष्ट्रिय व्यापार गर्न निर्देशन दिएको छ । 

न्यूनतम रु ५० हजारभन्दा कम जम्मा ९डिपोजिट० नगर्ने निर्णय भएको सङ्घका अध्यक्ष भुवन दाहालले जानकारी दिनुभयो ।

संघले सरकारले अत्यावश्येक सेवा बाहेक घरबाट बाहिर ननिस्कन गरेको आग्रहको पालना गर्दै डिजिटल बैंकिङ कारोबारको प्रयोग गर्न आग्रह गरेको छ । बैंकले निश्चीत सेवा प्रवाह गर्ने भएपछि अब कर्जा सेवा, नयाँ खाता खोल्ने लगायतका कामहरू रोकिने भएका छन् ।