दुवै डोज खोप लगाएपछि मास्क लगाउनुपर्ने अमेरिकी वैज्ञानिकको खुलासा

May Sat 2021 08:04:57

769 views

दुवै डोज खोप लगाएपछि मास्क लगाउनुपर्ने अमेरिकी वैज्ञानिकको खुलासा

काठमाडां,  अमेरिका गरिएको एक अनुसन्धानले कोभिड १९ विरुद्ध दुवै डोज अर्थात् पूर्ण खोप लगाएका मानिसहरुले मास्क लगाउन नपर्ने निष्कर्ष निकालेको छ ।

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र, युएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) ले अमेरिकाभरका स्वास्थ्यकर्मीहरुमा गरेको व्यापक अध्ययनबाट पूर्ण खोप ग्रहण गरेका मानिसहरु सामान्यतः मास्क बिनै हिड्न सक्ने ठहर गरेको हो ।

कोरोना विरुद्धको खोप अभियानको सुरुवातमै अमेरिकामा स्वास्थ्यकर्मी लगायतका फ्रन्टलाइन वर्करहरुलाई खोप लगाइएको थियो । त्यस क्रममा लगाइएका मोडेर्ना र फाइजर खोपको पूर्ण मात्रा लिएका व्यक्तिहरु कोभिड संक्रमणबाट ९४ प्रतिशत सुरक्षित भएको अध्ययनले देखाएको छ । जबकि एक डोज मात्रले पनि मानिसहरुलाई ८४ प्रतिशत सुरक्षा प्रदान गर्ने देखिएको सिडिसीको साप्ताहिक रिपोर्टमा उल्लेख छ ।

सिडिसीका निर्देशक डाक्टर रेचेल वालेन्स्कीका अनुसार यो पछिल्लो अध्ययनबाट कसले र कहिले मास्क लगाउनुपर्ने भन्ने विषयमा यसअघि दिइने सुझावहरु खुकुलो बनाउन सघाउ पुगेको छ । उनका अनुसार यो अध्ययनबाट प्राप्त जानकारीहरु कोभिड १९ विरुद्धका भ्याक्सिनले वास्तविक रुपमा राम्रो काम गरिरहेका छन् भन्ने कुराको अहिलेसम्मकै दह्रो प्रमाण हो ।

सिडिसीका अनुसार कोभिड १९ भ्याक्सिनहरु कोरोना भाइरस संक्रमण रोक्न, सिकिस्त विरामी हुन तथा मृत्युबाट समेत जोगाउनका लागि प्रभावकारी सावित भएका छन् । साथै खोपका कारण मानिसहरुले भाइरस फैलाउने जोखिम समेत कम हुने अध्ययनको निष्कर्ष छ ।

सिडिसीका साथै इजरायलमा गरिएको अध्ययनले समेत पहिलो डोज मात्र खोप लगाएका मानिसहरु संक्रमित भैहाले पनि उनीहरुको सरीरमा भाइरल लोड निकै कम हुन्छ । अर्थात् खोप लगाएका संक्रमितको सरीरमा भाइरसको संख्या खोप नलगाएकामा भन्दा ४ गुणा कम हुन्छ । यसले त्यस्ता मानिसहरुबाट अन्य मानिसमा भाइरस सर्ने जोखिम पनि कम हुन्छ ।