अब यसरी हुन्छ एसईई र कक्षा १२ परिक्षा, जानीराखौ

May Sat 2021 08:37:01

652 views

अब यसरी हुन्छ एसईई र कक्षा १२ परिक्षा, जानीराखौ

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एसईई र कक्षा १२ परिक्षा के कसरी र कहिले सञ्चालन गर्ने भन्ने बारे योजना बनाउने भएको छ । कोरोना महामारीका कारण एसईई र कक्षा १२ परिक्षा अन्योलमा परिहरहेका बेला अब भने मन्त्रालयले परिक्षा बारे प्रारम्भीक योजना तय गर्ने भएको हो ।

एसईई को परिक्षा कोरोना संक्रमण नियन्त्रणमा आएपछि विगतमा जस्तै सम्बन्धित विद्यालयबाटै गर्ने सम्भावना बारे योजना बनाउन लागिएको शिक्षा मन्त्रालयका एक अधिकारीले जानकारी दिएका छन् । यता कक्षा १२ परिक्षा पनि विगतकै शैली अवलम्बन गरेर नै सञ्चालन गर्ने बारे मन्त्रालय प्रारम्भीक योजना बनाएको छ । यद्यपी यि दुवै परिक्षा जेठ महिनाभित्रै हुने सम्भावन अति नै न्यून छ ।

खोपको उपलब्धता र संक्रमण दर नियन्त्रण नआउँदासम्म परिक्षा सञ्चालन भने हुने छैन । यस हिसाबले एसईई र कक्षा १२ को परिक्षा असार वा साउन सम्म पुग्न सक्छ । अनि परिक्षा भन्दा तत्कालका मानव जीवनको रक्षा नै पहिलो कुरा भएकाले पनि परिक्षा सञ्चालनमा हतार गर्न नहुने देखिन्छ ।