काठमाडौंमा एकबिहानै ५.८ को भुकम्पको धक्का, केही घण्टाभित्रै अर्को धम्का पनि, १५ घर भत्किए केही मानिसहरू घाइते

May Wed 2021 05:08:45

काठमाडौंमा एकबिहानै ५.८ को भुकम्पको धक्का, केही घण्टाभित्रै अर्को धम्का पनि, १५ घर भत्किए केही मानिसहरू घाइते

काठमाडाैं। बुधबार विहान भूकम्पकाे धक्का महसुस गरिएकाे छ। बुधबार बिहान ५ बजेर ४२ मिनेट जाँदा लमजुङको भुलभुले आसपास केन्द्रबिन्दु बनाएर ५.८ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ। भूकम्पको धक्का काठमाडौं उपत्यकामा समेत महसुस गरिएको थियो।

५.३ रेक्टर स्केलकाे भूकम्पकाे दोस्रो धक्का

काठमाडौंमा फेरि अको भूकम्पको दोस्रो धक्का महसुस गरिएको छ। बुधबार विहान ८ बजेर २६ मिनेट जाँदा लमजुङ नै केन्द्र विन्दु भएर ५.३ रेक्टर स्केलकाे  दाेस्राे भूकम्प गएकाे  राष्ट्रय भूकम्प मापन केन्द्रले जनाएकाे छ।

विहान ५ बजेर ४२ मिनेट जाँदा लम्जुङ केन्द्र विन्दू भएर भूकम्प गएको थियो। सो भूकम्पले लमजुङमा १५ घर भत्किएका छन् भने केही मानिसहरू घाइते भएका छन्।