भारतका १५ राज्यमा ब्ल्याक फङ्गस महामारी घोषणा,नेपालमा पनि भेटिए थाले सङ्क्रमित

May Sat 2021 10:43:18

850 views

भारतका १५ राज्यमा ब्ल्याक फङ्गस महामारी घोषणा,नेपालमा पनि भेटिए थाले सङ्क्रमित

काठमाडौं, कोरोना कहरबीच म्युकोरमाइकोसिस अर्थात् ब्ल्याक फङ्गस खतरनाक रुपमा फैलिदै गएको छ । गुजरात, महाराष्ट्र, राजस्थान, मध्यप्रदेश र उत्तर प्रदेश समेत गरी भारतका १५ राज्यमा अहिलेसम्म ब्ल्याक फङ्गसका कुल ९ हजार ३ सय २० बिरामी भेटिएका छन् । २ सय ३५ जनाको ज्यान गइसकेका छ ।

सबैभन्दा धेरै ५ हजार बिरामी गुजरातमा भेटिएका छन् । यस संक्रमणका कारण केही बिरामीको आँखा निकाल्नुपरेको छ ।

हरियाणा राज्यमा सबैभन्दा पहिले ब्ल्याक फङ्गसको महामारी घोषणा गरिएको थियो । त्यसपछि राजस्थान र अहिले १५ वटा राज्यमा महामारी घोषणा भइसकेको छ । उत्तर प्रदेश, मध्य प्रदेश, गुजरात, चन्डीगढ, हिमान्चल प्रदेश, ओडिशा, कर्नाटक, तेलांगाना र तमिलनाडुमा संक्रमणको महामारी घोषणा गरिएको हो ।

विज्ञहरुले ब्ल्याकफङ्गसबाटबच्नका लागिडायबिटिजलाईनियन्त्रणमा राख्न सुझाव दिएका छन् ।

मेदान्ता अस्पतालका अध्यक्ष डाक्टर नरेशत्रेहलेनाकमा दुखाई, गाला सुन्निने, मुखभित्र संक्रमण हुने, आँखाको परेला सुन्निने, आँखा दुख्ने, आँखाको प्रकाश कम हुने र अनुहारको कुनै पनि भाग सुन्निने लक्षण देखिएमा तत्काल उपचार गराउन सल्लाह दिएका छन् । उनका अनुसार ब्ल्याकफङ्गसकोनियन्त्रणका लागिस्टेरोइडकोप्रयोग सही तरिकाले गर्ने रडायबिटिजलाईनियन्त्रणमा राख्न सक्नुपर्छ ।

नेपालको वीरगञ्जमा पनि पछिल्लो समय यस रोगका सङ्क्रमितहरु भेटिएका छन् । यहाँस्थित नारायणी अस्पतालमा अहिलेसम्म पाँच जना ब्ल्याक फङ्गसका सङ्क्रमित भेटिएको वरिष्ठ चिकित्सक डा। निरजकुमार सिंहले जनाएका छन् । उनले यसको औषधी नेपालमा उपलब्ध नभएकोले तत्काल सरोकारवालाको यसतर्फ ध्यानजानु पर्ने बताएका छन् ।