सेयर बजारमा नयाँ रेकर्ड, एकैदिन १३ अर्बको कारोबार

May Mon 2021 09:15:18

888 views

सेयर बजारमा नयाँ रेकर्ड, एकैदिन १३ अर्बको कारोबार

काठमाडौं ।    सेयर बजारले नयाँ रेकर्ड कायम गरेको छ ।आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक २ हजार ८ सय २० नाघेर कायम रेकर्ड राखेको बजारले सोमबार नयाँ रेकर्ड राखेको हो ।

सोमबार एकैदिन १३ अर्ब रुपैयाँ भन्दा धेरै सेयर किनबेच भएको छ । यो नेपाली सेयर बजारको इतिहासमै एकैदिन भएको सबैभन्दा धेरै ठूलो कारोबार हो ।

नेप्सेमा १३ अर्ब १७ करोड ५३ लाख बराबरको करोबार भएको छ । यो कारोबार हालसम्मकै उच्च हो । यसअघि २०७७ जेठ ५ गते बुधबार ११ अर्ब ९५ करोड ८० लाख बराबरको करोबार भएर नेप्सेले नयाँ रेकर्ड कायम गरेको थियो ।   


नेप्से ३.५ अंकले बढेर दुई हजार आठ सय २३ दशमलब ५ विन्दुमा पुगेको छ । नेप्सेका अनुसार आज ६ कम्पनीको शेयरमूल्यमा उछाल आएको छ । आज शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा बरुण हाइड्रोपावर कम्पनी, युनाईटेड इदी मर्दी हाइड्रोपावर, माउन्टेन हाइड्रो नेपाल लिमिटेड, ग्रीन डेभलपमेन्ट बैंक, अरुण भ्यालि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र हाइड्रो इलेक्ट्रोसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी रहेका छन् । 

त्यसैगरि, एक्सेल डेभलपमेन्ट बैंक, गुडविल फाइनान्स र सेन्ट्रल फाइनान्स कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् भने कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार इलेक्ट्रोसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको भएको छ ।