उपत्यकामा फेरि निषेधाज्ञा एक साता थप्ने तयारी

May Mon 2021 10:49:13

731 views

उपत्यकामा फेरि निषेधाज्ञा एक साता थप्ने तयारी

काठमाडौं । कोरोना संक्रमणको चेन ब्रेक पूर्ण रुपमा हुन नसकेकोले उपत्यकामा फेरि निषेधाज्ञा थप्ने तयारी गरिएको छ ।  हालसम्म एक साता निषेधाज्ञा थप्ने विषयमा गृह मन्त्रलाय र तीन प्रमुख जिल्ला अधिकारीहरुको एकमत रहेकोछ ।

गृहसचिव महेश्वर न्यौपानेले पनि हालै तीन सुरक्षा निकायका प्रमुखलाई बोलाएर निषेधाज्ञाको कडा कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।

अध्यादेशमा अनुमति विना वा बिरामी ओसारपसार गर्ने प्रायोजनबाहेक सवारीसाधन चलाएर कारबाही गर्नसक्ने व्यवस्था छ । त्यस्तो अवस्थामा दुईपांग्रेलाई दुई हजार र अन्य सवारीसाधनलाई ५ हजार जरिवाना तिराउन सक्ने भनिएको छ ।

मास्क नलगाई सार्वजनिक स्थलमा आवतजावत गर्नेलाई पनि पटकैपिच्छे एक सय रुपैयाँ तिराउन सक्ने व्यवस्था छ । साथै, हिंडडुलमा रोक लगाएको अवस्थामा विना काम निस्किनेलाई दुई सय रुपैयाँ तिराउन सक्ने भनिएको छ ।

दोस्रो लहरको संक्रमण बढ्दै गएपछि उपत्यका प्रशासनले १६ वैशाख गतेदेखि निषेधाज्ञाको आदेश जारी गरेको थियो । त्यसपछि २२ वैशाखमा पुनः एक साता थपिएको निषेधाज्ञा ३० वैशाखमा पुनः दुई साताका लागि थपिएको थियो ।