काठमाडौमा निषेधाज्ञा एक हप्ता थपियो, किराना पसल र डिपार्टमेन्टल स्टोर पनि खोल्न नपाइने

May Tue 2021 09:48:05

693 views

काठमाडौमा निषेधाज्ञा एक हप्ता थपियो, किराना पसल र डिपार्टमेन्टल स्टोर पनि खोल्न नपाइने

काठमाडौं । उपत्यकामा लगाइएको निषेधाज्ञा एक साताका लागि थप गरिएको छ । संक्रमण दर नघटेको भन्दै कडा प्रावधानसहित एक साता निषेधाज्ञा थपिएको हो । काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको संयुक्त बैठकपछि थप एक साता कडा निषेधाज्ञा लगाउने निर्णय भएको छ ।

थपिएको निषेधाज्ञामा बिहान ९ सम्म तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल खोल्न पाइनेछ । तर किराना पसल, डिपार्टमेन्टल स्टोर चाहिँ बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

। तीन जिल्लाका प्र्रमुख जिल्ला अधिकारीले निजी र सार्वजनिक निर्माणका कार्य पनि बन्द गर्ने निर्णय गरेको छन ।