सामाजिक सुरक्षा कोषमा आवद्ध नभएको बैकले कर्मचारीको भवितव्य मृत्यु भए डेढ करोड क्षतिपूर्ति तिर्नुपर्ने

May Wed 2021 12:03:43

1128 views

सामाजिक सुरक्षा कोषमा आवद्ध नभएको बैकले कर्मचारीको भवितव्य मृत्यु भए डेढ करोड क्षतिपूर्ति तिर्नुपर्ने

काठमाडौं । सामाजिक सुरक्षा कोषमा आवद्ध नभएको ग्लोबल आईएमई बैंकले मृतक कर्मचारीको परिवारलाई क्षतिपूर्ति रकम तिर्नुपर्ने भएको छ ।

योगदानमा आधारित समाजिक सुरक्षा कार्यक्रममा सहभागी नभएको बैंकका एक कर्मचारीको मृत्यु भएपछि उनको परिवारले दिएको मगदावीका आधारमा  बैंकले डेढ करोड क्षतिपूर्ति तिर्नुपर्ने भएको हो ।

सामाजिक सुरक्षा कोषका सहप्रवक्ता रोहित रेग्मीका अनुसार २०७७ फागुनमा ग्लोबल आईएमई बैंकमा कार्यरत अनन्तकुमार आचार्यको दुर्घटनामा परी निधन भएको थियो ।

उनको मृत्युपछि परिवारले  अनन्तको नियुक्तिपत्रसहित क्षतिपूर्ति माग्दै समाजिक सुरक्षा कोषमा उजुरी दर्ता गराएको थियो ।

मृतकको मासिक तलवको ६० प्रतिशतले हुने एकमुष्ट रकमलाई आश्रति परिवारले मासिक पाउने पेन्सनको आधारमा यस्तो हिसाव निकालिएको हो ।

तीन महिनाभित्र सो रकम दिलाएर बैंकले कोषलाई जानकारी गराउनुपर्ने व्यवस्था छ । यदि निर्देशन नमानेमा बैंकको खाता रोक्का गर्दै बैंकको सम्पत्तिबाटै सो क्षतिपूर्ति भराउन सक्ने अधिकार कोषसँग छ ।