काठमाडौंको कीर्तिपुरस्थित दुई ठाउँ र चन्द्रागिरिमा बर्डफ्लु भेटियो, ८०० टर्की नष्ट

May Wed 2021 08:14:15

678 views

काठमाडौंको कीर्तिपुरस्थित दुई ठाउँ र चन्द्रागिरिमा बर्डफ्लु भेटियो, ८०० टर्की नष्ट

काठमाडौं । काठमाडौंमा पुनः बर्डफ्लु संक्रमण पुष्टि भएको काठमाडौंको कीर्तिपुरस्थित दुई ठाउँ र चन्द्रागिरिमा पालिएको टर्कीमा बर्डफ्लु संक्रमण पुष्टि भएको छ ।

कीर्तिपुरको दुई वटा प्वाइन्ट र चन्द्रागिरिको एक ठाउँमा सोमबार बर्डफ्लु संक्रमण पुष्टिपछि त्यस क्षेत्रका पन्छी नष्ट गर्न टोली खटाइएको विभागका सूचना अधिकारी डा।चन्द्र ढकालले जानकारी दिए ।

करीब ८०० टर्की नष्ट र सो क्षेत्रमा निसंक्रमण गर्न प्राविधिक खटिएको छ ।

अस्वाभाविक रुपमा टर्की मृत्युको सूचना पछि विभागले नमूना संकलन गरेर केन्द्रीय प्रयोगशालामा रियलटाइम पीसीआर विधिबाट गरेको परीक्षणमा बर्डफ्लु पुष्टि भएको हो ।