अमेरिका र चीन बीच टकराव शुरु, अमेरिकी राष्ट्रपतिले गुप्तरचलाई यस्तो आदेश

May Thu 2021 12:05:17

2985 views

अमेरिका र चीन बीच टकराव शुरु, अमेरिकी राष्ट्रपतिले गुप्तरचलाई यस्तो आदेश

काठमाडौं। विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण कहाँबाट कसरी मानवसम्म पुग्यो भन्ने रहस्य खुलिसकेको छैन।  कोरोना भाइरसबाट सबैभन्दा धेरै संक्रमित र मृत्यु अमेरिकामा भएको छ, त्यसपछि ब्राजिल र भारतमा भएको छ। विगत दुई वर्ष यता मानव सभ्यतामाथि नै खतरा उत्पन्न गराइदिएको यो भाइरसको उत्पत्ति कहाँबाट भयो भन्ने विषयमा भने अहिलेसम्म कुनै ठोस पुष्टि नभइरहेका बेला बुधबार अमेरिकी राष्ट्रपति जो बाइडेनले ९० दिन भित्र रिपोर्ट पेश गर्न आदेश दिएका छन्। उनले आफ्ना गुप्तचर एजेन्सीहरुलाई तीन महिनाको समयसीमा दिएर कोरोना भाइरसको उत्पत्ति कहाँ भएको प्रतिवेदन दिन भनेका छन्।

राष्ट्रपति बाइडेनले आदेशसँगै विश्व स्वास्थ्य संगठनले भाइरसको उत्पत्तिबारे हुने अर्को चरणको अनुसन्धान पारदर्शी हुनुपर्नेसमेत बताएका छन्। राष्ट्रपति बाइेडनको यो आदेश आउनुअघि नै अमेरिकामा कोरोना भाइरसको उत्पत्तिलाई लिएर चीनको नाम उछालिएको छ। अमेरिकी सञ्चार माध्यमहरुले कोरोना भाइरस चीनको ल्याबबाट चुहावट भएको समाचारहरु प्रकाशित गरिरहेका बेला बाइडेनको यो आदेश आएको हो।

बाइडेनको यो आदेशले चीन र अमेरिकबीच कोरोना भाइरसलाई लिएर फेरि टकराव हुने देखिएको छ। यसअघिका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना भाइरसलाई ‘चिनियाँ भाइरस’ भन्थे। यसले चीन निकै चिढिएको थियो। चीन कुन हदसम्म चिढिएको थियो भन्ने विषय हालै दक्षिण एसियाली मुलुकहरुको संगठन सार्कका ६ वटा देशहरुसँगको छलफलपछि जारी सँयुक्त वक्तव्यमा कोरोनालाई लिएर हुने राजनीतिको भत्र्सर्ना गरिएको थियो। चनीकै अगुवाइमा भएको यो छलफललले यस्तो निर्णय हुनुले कोरोनालाई हुने चीनको आलोचनाप्रति उ कति आक्रोशित छ भन्ने देखाउँछ।

अमेरिकी सञ्चार माध्यमहरुमा चीनको वुहानस्थित एक प्रयोगशालाका तीनजना कर्मचारीहरुमा कोरोनाको जस्तै लक्षण २०१९ को नोभेम्बरमै देखिएको भन्दै प्रयोगशालाबाटै यो भाइरस चुहावट भएको हुनसक्ने दावी गरेपछि चीनले त्यसको आलोचना गरेको छ।