कोरोना उपचारमा प्लाज्मा थेरापी घातक, रेम्डेसिभिरलाई डब्लूएचओ ले मान्यता दिएको छैन

May Thu 2021 12:27:16

729 views

कोरोना उपचारमा प्लाज्मा थेरापी घातक, रेम्डेसिभिरलाई डब्लूएचओ ले मान्यता दिएको छैन

कोभिड – १९ का लागि प्रभावकारी हुने भनिएको प्लाज्मा थेरापी धेरै हदसम्म जोखिमपूर्ण हुने भन्दै यसको प्रयोग नगर्न विज्ञहरुले आग्रह गरेका छन। यस्तै पछिल्लो समय अत्याधिक माग र प्रयोग भइरहेको रेम्डेसिभिर पनि धेरै हदसम्म प्रभावकारी नभएको उनीहरुको भनाइ छ।

रेम्डेसिभिरलाई विश्वस्वास्थ्य संगठन (डब्लूएचओ) ले मान्यता दिएको छैन। र, स्वास्थ्य मन्त्रालयले पनि प्रयोग नगर्न भने पनि स्पस्ट रुपमा गाइड लाइन बनाएको छैन। यही आनाकानीका कारण अहिले सर्वसाधरण एकातिर महँगो मूल्य तिरेर यो औषधि र उपचार पद्दति अपनाउन बाध्य छन् भने अर्कोतिर उनीहरुमा भविश्यमा असर देखिन सक्ने जोखिम रहेको छ।

छिमेकी मुलुक भारतले हालै प्लाज्मा थेरापी प्रभावकारी नभएको र अनुचित प्रयोग बढेको भन्दै बन्द गरेको छ। यस्तै रेम्डेसिभिरको पनि प्रभावकारिता नदेखिएको भन्दै बन्द गरेर नयाँ गाइडलाइन बनाउन आवश्यक रहेको त्यहाँका विज्ञहरुले बताउँदै आएका छन्।

एन्टीबडी भएको रगत अर्को व्यक्तिलाई दिएमा सायद त्यसले भाइरसलाई मार्ने र छिटो निको हुने अनुमानका आधारमा अपनाइने विधि भए पनि यो घातक रहेको संक्रामक रोग विषेशज्ञ डा. अनुप सुवेदी बताउँछन्।

प्लाज्माले गर्दा एलअर्जी, किटाणु सर्न सक्ने लगाएत सामान्यदेखि घातक समस्या देखिन सक्ने भएकोले यो उपचार विधि नअपनाउन उनको सुझाव छ। किलिनिकल्ली प्रमाणित नभएकोले यसलाई तत्काल हटाउनु पर्ने उनको भनाइ छ।

सामान्यतया विरामीको अक्सिजनको मात्रा घट्दै गए पछि डाक्टरले यो औषधि सेवन गर्न अनुरोध गर्छन्। डा. सुवेदीका अनुसार एक जना व्यक्तिले सामान्यतया ५ दिनमा ६ वटा भायल सेवन गर्नुपर्छ।

यसको मूल्य भने महँगो छ। एक जनालाई सरकारले तोकेको मूल्य एक भायललाई ४ हजार ९ सय रुपैयाँले हिसाब गर्दा करिब ३० हजार पर्न आउँछ।

Source : www.dcnepal.com