एकैदिन पौने १५ अर्बको शेयरमा कारोबार

May Thu 2021 10:16:19

1222 views

एकैदिन पौने १५ अर्बको शेयरमा कारोबार

काठमाडौं। साताको अन्तिम  दिन ( १३ जेठ)  बिहीबार  १४ अर्ब ७६ करोड ८७ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएर नयाँ रेकर्ड कायम गरेको छ ।  हो । यो भन्दा पहिले १३ अर्ब १७ करोड रुपैयाँको कारोबार भएर नयाँ रेकर्ड कायम गरेको थियो ।

बजार भने १.२० अंकले घटेर २८१५.३९ विन्दुमा रोकिएको छ । आज २१५ कम्पनीको ४ करोड १८ लाख १३ हजार ९९४ कित्ता शेयर खरिद विक्री भएको छ ।

कारोबारमा आएका १३ समूहमध्ये ६ समूहको परिसूचक घटेको छ भने बाँकी समूहको परिसूचक वृद्धि भएको छ। सर्वाधिक परिसूचक वृद्धि उद्योग समूहको भएको छ । यो समूहको ६.६५ प्रतिशतले परिसूचक वृद्धि भएको छ ।

१० प्रतिशतले शेयर मूल्य वृद्धि खानिखोला हाइड्रोपावर कम्पनी लिमिटेड, युनाइटेड मोदी हाईड्रोपावर लिमिटेड र नेपाल हाईड्रो डेभलपमेन्ट लिमिटेडको भएको छ ।

त्यस्तै अपि पावर कम्पनी लिमिटेडको सर्वाधिक मूल्यको शेयर खरिद विक्री भएको छ । यो कम्पनीको ४३ करोड २८ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको छ । यो कम्पनीको शेयर मूल्य ३७६ रुपैयाँ कायम भएको छ ।