बैंक तथा वित्तीय संस्थाका कर्मचारीले दिउसो सवारी साधन चलाउन नपाउने

May Sat 2021 03:11:24

617 views

बैंक तथा वित्तीय संस्थाका कर्मचारीले  दिउसो सवारी साधन चलाउन नपाउने

काठमाडौं ।  बैंक तथा वित्तीय संस्थाका कर्मचारीले अब दिनमा सवारी साधन चलाउन नपाउने भएका छन् । मंगलबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीले थप गरेको लकडाउनको नयाँ मोडालिटिमा बैंक तथा वित्तीय संस्थाको सवारी साधनमा पनि कडाइ गरेको हो ।

नयाँ निर्देशन अनुसार सरकारी कार्यालय, बैंक, सार्वजनिक संस्थान र इन्टरनेट सेवा प्रदायकका सवारीसाधन बिहान साढे ९ बजेदेखि साढे १० सम्म र साँझ ५ बजेदेखि ६ बजेसम्म मात्र चल्न पाउनेछन् ।

काठमाडौं जिल्लामा वाणिज्य बैंकहरुको हकमा प्रधान कार्यालय र ३ वटा शाखा कार्यालय र विकास बैंकको हकमा प्रधान कार्यालय र २ वटा शाखा कार्यालय पनि आलोपालो गरि कम्तिमा २० प्रतिशत मात्र कर्मचारीले सञ्चालन गर्न पाउनेछन् ।