कालो ढुसीको खतरा, काठमाडौंमा पनि भेटियो यसको संक्रमित

May Mon 2021 11:20:18

938 views

कालो ढुसीको खतरा, काठमाडौंमा पनि भेटियो यसको संक्रमित

काठमाडौं । नेपालमा पनि (कालो ढुसी) को संक्रमण कोरोना संक्रमितहरुमा देखिन थालेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। कृष्ण पौडेल वीरगञ्जबाट देखिन थालेको यो संक्रमण बाँके, काठमाडौं लगायतका शहरमा देखिएको बताएका छन् ।

वीरगञ्जमा वैशाखको तेस्रो साता ६७ वर्षीय एक पुरुषमा ब्लाक फङ्गस अर्थात कालो ढुसीको संक्रमण देखिएको थियो । तर अहिले १२ जना कोरोना संक्रमितमा यो संक्रमण पुष्टि भएको जानकारी बताए ।

वीरगञ्जमा तीन जनाको परीक्षण गर्दा दुई जनामा ब्ल्याक फंगसको पुष्टि भइसकेको छ । यसैगरी बाँकेको भेरी अस्पतालमा तीन जनामा ब्ल्याक फंगसको संक्रमण देखिएको अस्पतालका प्रमुख फिजिसियन कन्सल्टेन्ट डा। राजन पाण्डेले बताए ।नेपालमा पनि गरेर कोभिड–१९ निको भएका बिरामीहरुमा ब्लाक फङ्गलको संक्रमण देखा परेको छ । स्टेरोइड तथा एन्टिबायोटिक औषधि सेवन गरेका गम्भीर प्रकृतिका कोभिडका बिरामीहरु संक्रमणमुक्त भएपछि कालो ढुसीको संक्रमण देखा पर्ने सम्भावना रहेको उनले बताए ।

नाक, कान, घाँटीसम्बन्धी नेपालका विशेषज्ञ चिकित्सकहरूको संगठनका महासचिव एवं शिक्षण अस्पताल महाराजगञ्जका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा योगेन्द्र न्यौपानेले एक दुई महिनाभित्रमा यो संक्रमण बढेर एकसयदेखि डेढसयको संख्यामा पुग्ने अनुमान गर्छन् ।