काठमाडौंमा भेटियो एक कोरोना संक्रमित शिक्षकमा कालो ढुसीको संक्रमण, बचाइदिनका लागि एक छात्राको यस्तो अपील !

May Mon 2021 11:53:17

786 views

काठमाडौंमा भेटियो एक कोरोना संक्रमित शिक्षकमा  कालो ढुसीको संक्रमण, बचाइदिनका लागि एक छात्राको यस्तो अपील !

काठमाडौं । नेपालमा पनि (कालो ढुसी) को संक्रमण कोरोना संक्रमितहरुमा देखिन थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। कृष्ण पौडेल वीरगञ्जबाट देखिन थालेको यो संक्रमण बाँके, काठमाडौं लगायतका शहरमा देखिएको बताएका छन् ।

नेपालमा पनि गरेर कोभिड–१९ निको भएका बिरामीहरुमा ब्लाक फङ्गलको संक्रमण देखा परेको छ । स्टेरोइड तथा एन्टिबायोटिक औषधि सेवन गरेका गम्भीर प्रकृतिका कोभिडका बिरामीहरु संक्रमणमुक्त भएपछि कालो ढुसीको संक्रमण देखा पर्ने सम्भावना रहेको चिकित्सकहरुले बताएका छन् ।

Cover Photo : Bhagya Neupane Facebook post

आफ्नो शिक्षकलाई बचाउन गरेको अपिल।

म सुष्मा शाही, अहिले ब्याचलर पढ्दै छु, म अहिले जहाँ छु त्यो मेरो गुरुकै कारण हो, त्यहि गुरु जो अहिले जीवन र मृत्युसँग लडिराख्नु भएको छ।

दाङ लमही नगरपालिका वार्ड नं 5 शान्तिनगरमा घर भई रोजी बड्स हाईयर सेकेण्डरी स्कूल, लमहीमा पढाउँदै आउनु भएका बिद्यार्थीमाझ लोकप्रिय र आदर्शवादी शिक्षक श्री भरत दुलाल ज्यूलाई गएको 1 महिना देखि corona ले ग्रस्त पारेको थियो। लमही नगरपालिकाको Covid isolation मा 2 हप्ता जती अक्सिजन सहित बसेर केही ठीक भएपछि घर फर्किनु भएको थियो। घर बसेको 1 हप्ता पछि फेरि ज्वरो आउने, टाउको दुख्ने, सास फेर्न गाह्रो हुने, मान्छे नचिन्ने, आँखा नदेख्ने आदि भएपछि उहाँलाई फेरि ambulance मा काठमाडौं पुर्याइयो। काठमाडौंको चक्रपथ स्थित चिरायु अस्पतालमा भर्ना गरियो। त्यहाँ उहाँलाई फेरि corona positive देखियो, त्यहाँ उपचार हुने वातावरण नभपछि उहाँलाई महाराजगन्ज स्थित टिचिङ अस्पतालमा भर्ना गरियो। टिचिङ अस्पतालमा उपचारको क्रममा उहाँलाई Black Fungus नामको बिमारी देखियो जसको लागि Liposomal amphotericin B नामको इंजेक्शन दिनमा 7 डोज को दरले 25 दिन सम्म लगाउनु पर्ने, डाक्टरहरुले भन्नु भयो। यो औषधी नेपालभरी नै shortage भएको कारणले 2 दिन सम्म सबै हस्पिटलमा खोज्दा पनि पाउन सकिएन। केही हस्पिटलमा सानो मात्रामा डोजहरु भएता पनि आफ्नो बिरामीलाई मात्र दिन मिल्ने बताए। साथै केही मेडिकलहरुले ब्ल्याकमा धेरै पैसा लिएर दिने खबर नी पायौं। उहाँको छोरा र श्रीमती अस्पतालमा उहाँसँगै हुनुहुन्छ। सामान्य शिक्षकको आम्दानीले त्यति महंगो औषधि चलाउन नी अलि गाह्रो पर्ने भएको छ। उहाँको आर्थिक अबस्था निकै कमजोड भएका कारण उपचारमा समस्या दखिएको छ। अहिले उहाँको नाख, आँखा लगायत टाउको सम्मको operation भइरहेको छ जसमा आँखा र दिमाग सम्म Black Fungus पुगेको हुनाले आँखा झिक्नु पर्ने अवस्था आएको छ। दिमाग को operation मा पनि 50/50 चान्स भन्नु भएको छ। केहि आर्थिक सहयोग जुटाउन सके सरलाई निको बनाउन सकिन्थ्यो कि भन्ने आसा छ। हे भगवान हाम्रो गुरुलाई छिट्टै ठिक बनाइदेऊ !

कृपया म हजुरसँग मेरो शिक्षकको उपचारकोलागि सहयोगको भिख माग्दछु।

हामी बिद्यार्थीहरुको सम्पर्क नम्बरहरु:

सुष्मा शाही: 9809860286

सचिन दुलाल (छोरा) : 9849590792

दिपेन्द्र शाही: 9844996347

अमृत खनाल: 9861281465