काठमाडौं उपत्यकाको जारी निषेधाज्ञा जेठ मसान्तसम्म लम्ब्याउने

Jun Tue 2021 12:05:36

847 views

काठमाडौं उपत्यकाको जारी निषेधाज्ञा जेठ मसान्तसम्म लम्ब्याउने

काठमाडौं । कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञा जेठ मसान्तसम्म लम्ब्याउने तयारी गरिएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको भर्चुअल बैठकले जारी निषेधाज्ञा जेठ मसान्तसम्म लम्ब्याउनुपर्ने निष्कर्ष निकालेको होे ।

निषेध गरिएका केही प्रावधानहरुलाई हटाएर जेठ मसान्तसम्म निषेधाज्ञा थप गर्ने तयारी गरिएको बताइएको छ । जानकारी अनुसार अघिल्लो साता बन्द गरिएका खाद्यान्न र किराना पसललाई खोल्न दिइने भएको छ ।

बैठकमा काठमाडौं उपत्यकाको अवस्थाबारे छलफल गरिएको छ । पर्सीसम्म समय भएकाले भोलि मात्रै निर्णय गरिने बताइएको छ ।