गोर्खाज फाइनान्सको सेयर उकालो लाग्दोछ, ३० प्रतिशत लाभांश दिने कम्पनीको बित्तिय अबस्था

Jun Fri 2021 08:12:48

959 views

गोर्खाज फाइनान्सको सेयर उकालो लाग्दोछ, ३० प्रतिशत लाभांश दिने  कम्पनीको बित्तिय अबस्था

काठमाडौं । गोर्खाज फाइनान्सका शेयर मूल्य उकालो लाग्ने क्रम जारी छ । लगानीकर्ताले एक महिनामा शतप्रतिशत बढी नाफा कमाएका छन् । गोर्खाजको सेयर मूल्य एक महिना अगाडि दोस्रो बजारमा ४७१ रुपैयाँ रहेको थियो तर अहिले  यसको प्रतिकित्ता १०२० पुगेको छ । चैत मसान्तसम्मको विवरण अनुसार गोर्खाज फाइनान्सको वित्तीय विवरण भने राम्रो नै छ ।

फाइनान्सले चैत मसान्तसम्ममा २७ करोड ३७ लाख नाफा कमाएको छ । चैत मसान्तसम्मको नाफाबाट सेयरधनीलाई बाड्न ३० प्रतिशत नाफा बाड्न मिल्छ । बैशाखदेखि निषेधाज्ञा लगाएको हुँदा असार मसान्तसम्म भने यो विवरण फरक भने पर्न सक्छ ।

गोर्खाज फाइनान्सले चैत मसान्तको वित्तीय विवरणबाट मात्र आफ्नो सन्चित नोक्सानलाई नाफामा लगेको हो । जुन २ करोड २१ लाख रुपैयाँ छ । अघिल्लो वर्षसम्म २९ करोड रुपैयाँले गोर्खाज फाइनान्स सन्चित नोक्सानमा चलेको छ । वितरण योग्य नाफाबाट ३० प्रतिशत लाभांश बाड्न सक्ने देखिएपनि सन्चितीलाई नोक्सानीबाट बाट धनात्मक बनाएको फाइनान्सले सो लाभांश दिन सक्देन ।