अब उपत्यकामा 'स्मार्ट लकडाउन', सात देश टर्की, कतार, साउदी अरेबिया, युएई ,जापान र मलेसियाका लागि हवाई उडान खोलिने

Jun Thu 2021 08:26:07

अब उपत्यकामा 'स्मार्ट लकडाउन', सात देश टर्की, कतार, साउदी अरेबिया, युएई ,जापान र मलेसियाका लागि हवाई उडान खोलिने

काठमाडौं। सरकारले आगामी साता देखि हाल काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई निकै खुकुलो पार्ने योजना बनाएको छ। समाचार स्रोतका अनुसार बुधवार राति सम्पन्न कोभिड-१९ व्यवस्थापन निर्देशक समिति (सीसीएमसी) को बैठकले यस्तो निर्णय गरेको हो। 

‘स्मार्ट लक डाउन’ मा अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिलाई सुचारु गरिने छ। हाल जारी रहेको लकडाउन कायम नै रहन्छ भने आवश्यक क्षेत्रलाई भने अवस्था मूल्याङ्कन गरेर स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउँदै खुला गर्ने निष्कर्षमा समिति पुगेको छ। 

अझै लामो समयसम्म कडा लकडाउन गर्दा अर्थतन्त्र चलायमान गराउन गाह्रो पर्ने हुनाले बिस्तारै केही क्षेत्र खुला गर्ने निष्कर्ष समितिले निकालेको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा राति अबेरसम्म प्रधानमन्त्री एवम् समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले टर्की, कतार, साउदी अरेबिया, युएई ,जापान र मलेसियाजस्ता देशमा हवाई उडान पुनः सञ्चालन गर्ने निर्णयसमेत गरेको छ। 

निर्माण क्षेत्र र अत्यावश्यक उद्योगलाई स्वास्थ्य मापदण्ड पालनाका साथ खोल्न दिने निर्णयसमेत गरेको बैठकले सीसीएमसी केन्द्रको प्रशासनिक कार्यका लागि बजेट व्यवस्था गर्ने विषयमा पनि निर्णय गरेको जनाइएको छ।