निषेधाज्ञा १ हप्ता थपियो, निजी सवारीमा जोर बिजोर, पसल बार अनुसार खोल्न पाइने

Jun Sun 2021 10:29:18

1020 views

निषेधाज्ञा १ हप्ता थपियो, निजी सवारीमा जोर बिजोर, पसल बार अनुसार खोल्न पाइने

उपत्यका प्रशासनले व्यवसाय र कार भ्यान सञ्चालन गर्न दिने गरी निषेधाज्ञा १४ गतेसम्म थपेको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाका अनुसार अब बारका आधारमा पसल तथा व्यवसाय सञ्चालन गर्न पाइनेछ ।

आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा, विद्युतीय,  घरायसी सामान बिक्री गर्न पसल खोल्न पाइने छ भने अटोमोबाइल र त्यसका पार्टपूर्जा पाइने पसल पनि खुल्नेछ । सोमबार, बुधबार र शुक्रबार सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता पसल खोल्न दिने निर्णय भएको छ । यस्तै फेन्सी, कस्मेटिक, गिफ्ट र टेलरिङ खुल्नेछन् ।

बारका आधारमा खुल्ने पसल बिहान ११ देखि ४ बजेसम्म खोल्न दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी निरौलाले आर्थिकन्युज डटकमलाई बताए । त्यस्तै खाद्यान्न, फलफूल र तरकारी पसल चाहिं हरेक दिन ११ बजेसम्म खुल्नेछ । त्यस्तै, हार्डवेयर र निर्माण जन्य पसलभने विहान ६ बजेदेखि ११ बजेसम्म खोल्न दिने भएको छ ।