काठमाडौंमा निषेधाज्ञा झन् खुकुलो भयो, सवारी साधनमा जोर बिजोर हट्यो, सबै परीक्षा सञ्चालन गर्न पाइने

Jul Sun 2021 10:56:41

941 views

काठमाडौंमा निषेधाज्ञा झन् खुकुलो भयो, सवारी साधनमा जोर बिजोर हट्यो, सबै परीक्षा सञ्चालन गर्न पाइने

काठमाडौं । कोभिड १९ महामारी रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी गरेको निषेधाज्ञा थप १ हप्ता लम्बिएको छ । उपत्यकामा निषेधाज्ञा असार ३१ गतेसम्म लम्ब्याइएको हो ।

लकडाउन सम्बन्धी नयाँ व्यवस्थाअनुसार सोमबारबाट काठमाडौं उपत्यकामा सवारी साधनमा लगाइदै आएको जोर–बिजोर हटेको छ भने शैक्षिक संस्थाहरुले निश्चित विद्यार्थी राखेर परिक्षा सञ्चालन गर्न पाइने भएको छ ।

यसअघि २५ सिट क्षमताभन्दा माथिका सार्वजनिक सवारी साधनमात्र सञ्चालन गर्न अनुमति दिइएकोमा अब सबै प्रकारको सार्वजनिक सवारी साधनले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर सञ्चालन गर्न पाउने छन् ।

त्यस्तै शैक्षिक संस्थामा एउटा कक्षाकोठामा २५ जनाभन्दा बढी नहुने गरी परीक्षा संचालनको अनुमति दिइएको छ ।

सभा सम्मेलन, सिनेमा, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाँचघर, क्लब, स्वीमिङ पुल, सैलुन, ब्युटी पार्लर, हेल्थक्लब, फुटसल, पुस्तकालय, संग्रहालय, चिडियाखाना लगायत क्षेत्र अझै बन्द रहनेछन् ।