वित्तीय क्षेत्रका कर्मचारी आन्दोलनमा उत्रिएपछि प्रधानमन्त्रीले चासो देखाए

Jul Sun 2021 12:01:09

957 views

वित्तीय क्षेत्रका कर्मचारी आन्दोलनमा उत्रिएपछि प्रधानमन्त्रीले चासो देखाए

काठमाडौं । सामाजिक सुरक्षा कोष बिरुद्ध वित्तीय क्षेत्रका कर्मचारी आन्दोलनमा उत्रिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले चासो देखाएका छन् ।

कोषमा आवद्धताका लागि असन्तुष्टीका बुँदाहरु उल्लेख गर्दै वित्तीय क्षेत्रका कर्मचारीहरुले  सर्वोच्चमा कोष विरुद्ध रिट समेत दर्ता गराइसकेका छन् ।

यसरी आत्यावश्यक क्षेत्रका कर्मचारी कोष विरुद्ध आन्दोलन गर्ने मुद्दा दर्ता गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली यसबारे बुझ्न आफ्ना प्रमुख राजनैतिक सल्लाहकार बिष्णु रिमाललाई अघि सारेका छन् ।

जसअनुसार रिमालले नेपाल बैकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्मा र संघका अधिकारीहरु दिउँसो २ बजेदेखि ३ बजेबीच रिमालसँग छलफ ल भएको हो ।

वित्तीय क्षेत्रको कर्मचारीले मंगलबारदेखि कालो ब्यानर देखाउँदै आन्दोन शुरु गरेपछि 

प्रधानमन्त्री कार्यालयले जिल्ला प्रशासन कार्यलयलाई अनुगमनका लागि बैंकमा पठाएको समेत  थियो ।