डिम्याट खाता शतप्रतिशत वृद्धि, १८ गुणा बढे अनलाइन प्रयोगकर्ता

Jul Mon 2021 11:16:39

706 views

डिम्याट खाता शतप्रतिशत वृद्धि, १८ गुणा बढे अनलाइन प्रयोगकर्ता

काठमाडौं पछिल्लो समय धितोपत्र बजार आक्रामक रूपमा विस्तार हुँदै गएको पाइएको छ । एक वर्ष अवधिमा बढेको हितग्राही (डिम्याट) खाता, मेरो शेयर प्रयोगकर्ता र अनलाइन कारोबार गर्नेको संख्याले यस्तो देखाएको हो ।

नेपाल धितोपत्र बोर्डका अनुसार २०७७ असारमा कुल १७ लाखको हाराहारीमा रहेको हितग्राही खाताको संख्या शतप्रतिशतले बढेर ३५ लाख नाघेको छ । यस्तै ७ लाख हाराहारीमा रहेको मेरो शेयर खाताको संख्यासमेत एक वर्षमा साढे तीन गुणाले बढेर २६ लाख पुगेको छ ।

बोर्डका अनुसार केही वर्षअघिसम्म प्राथमिक सार्वजनिक निष्कासनमा मुश्किलले ५ लाख जनाले भाग लिने गरेकोमा पछिल्लो समय २१ लाखले आवेदन दिएको तथ्यांक छ ।

धितोपत्र बजारमा अनलाइन कारोबारका लागि २०७७ असारमा मात्रै ३५ हजारले युजरआइडी लिएकोका बढेर ६ लाख ६० हजारभन्दा बढी पुगेको छ । दैनिक ६ लाखभन्दा बढीले कारोबारमा सक्रियता देखाएको बताइएको छ ।

बोर्डका अनुसार चालू आवको १० महीनामै धितोपत्रको प्राथमिक बजारमार्फत ७८ अर्ब रुपैयाँ बराबरको पूँजी परिचालन भएको छ, जुन विगत २८ वर्षको इतिहासमै उच्च हो ।