खाईपाई आएको सेवा सुविधा घटाएर बढुवा गरेकाले हिमालयन बैंकका कर्मचारीहरु असन्तुष्ट, आवश्यक कारवाहीका लागि श्रम विभागमा पुगे

Jul Tue 2021 11:26:37

895 views

खाईपाई आएको सेवा सुविधा घटाएर बढुवा गरेकाले हिमालयन बैंकका कर्मचारीहरु असन्तुष्ट, आवश्यक कारवाहीका लागि श्रम विभागमा पुगे

काठमाडौं । हिमालयन बैंकका कर्मचारीहरु असन्तुष्ट देखिएका छन् ।  नेपालको विद्यमान श्रम ऐन २०७४ को दफा ३४(३) मा कर्मचारीले खाईपाई आएको सेवा सुविधा घटाएर बढुवा गरेकाले बैंकका कर्मचारीहरु असन्तुष्ट भएका हुन । श्रम ऐनले सेवा सुविधा घटाउने नपाउने प्राभधान भए तापनि यस हिमालयन बैंकले कर्मचारीले खाईपाई आएको सेवा सुविधामा व्यापक कटौति गरेको उनीहरुले आरोप लगाएका छन । 

विगतमा यस हिमालयन बैंकले काठमाडौं बाहिर सरुवा हुने कर्मचारीहरुलाई खाईपाई आएको तलब–भत्तामा अतिरिक्त २५ प्रतिशत बढी दिईरहेको थियो ।  यसले गर्दा बाहिर जानलाई प्रोत्साहन समेत गरेको थियो । यो सुविधा बैंकको स्थापना कालदेखि नै प्रदान गरिंदै आएको पीडित कर्मचारीले बताएका छन ।

तर, अहिले आएर व्यवस्थापनले एकलौटि रुपमा, बिना कर्मचारी यूनियनसंग छलफल नगरेर र कैयौं कर्मचारीले खाईपाई आएको सेवासुविधा काटिएको उनीहरुको आरोप छ ।  यस्ता एकलौटी तरिकाले लागू गरेको नियमले सम्स्त कर्मचारीले खाईपाई आएको सेवासुविधा घट्न पुगेको र विषयमा श्रम विभागद्वारा आवश्यक कारवाही बढाईयोस् भनेर निवेदन समेत दर्ता गरेको उनीहरुले जानकारी दिएका छन ।

 वर्षै पिछे राम्रो काम गरे बापत पाईने “ग्रेड“ लाई बेसिक तलबमा जोड्ने गरिन्थ्यो र यसले गर्दा हामीहरुको संचय कोषमा समेत फरक पर्न आउँदथ्यो । तर, यसलाई पनि अचानक कसैलाई खबर समेत पनि नगरेर आफूखुशी काटेर भत्तामा मात्रै जाने र संचयकोषमा केही पनि नजाने बनाएको उनीहरुको गुनासो रहेको छ ।  

 नेपाल राष्ट्र बैंकले निर्देशन दिए अनुसार कोभिड–१९ लागेका कर्मचारीहरुको सम्पूर्ण खर्च बैंकले बेहोर्नुपर्छ भनेको थियो तर हालसम्म कुनै एक कर्मचारीको समेत पूर्ण वा आंशिक समेत पनि नबेहोरेको पीडित कर्मचारीले बताएका छन ।

 शाखा प्रबन्धक बनेर जाँदा वा विभागिय प्रमुख हँदा बैकको साँचो राख्ने मौका पाउँछन् र यसरी थप जिम्मेवारी लिए बापत उनीहरुलाई भत्ता दिईन्थ्यो। यस्तो भत्ता बैंक स्थापना कालदेखि नै दिने चलन थियो । 

यसरी आम कर्मचारीहरुलाई घाटा र बैंकलाई मात्रै फाईदा हुने काम गर्न सफल भएवापत यही कमिटिका पाँचजनालाई बढुवा र पुरस्कृत गरियो । यसरी समय अघाडि नै बढुवा गर्न वर्तमान कर्मचारी नियमले दिंदैन तर पनि बलजफति गरेर हामी जस्ता निमुखा कर्मचारीहरुको पेटमा लाताले हान्ने काम भएको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक एक आपसमा मर्ज हुनेभएपछि दुबै बैंकका व्यवस्थापकले कर्मचरीहरुको ग्रेड मिलान र बढुवा सकेका छन् । सोहि क्रममा कर्मचारी चाडो कर्मचारीको बढुवा र ग्रेड मिलन गर्दा व्यवस्थापन भन्दा पनि बैंकको मानवसंशाधन विभाग नै बढी सक्रिय भएको समेत उनीहरुको आरोप रहेको छ । 

 यस विषमा बैंकका मानवसंशाधन विभाग प्रमुख समिर आर्चायसँग जानकारी लिदा केहि कर्मचारीलाई चित्त नबुझेको हुनसक्छ तर, बढुवा वा सेवा सुविधा निर्धारण गर्दा बैंकका सक्षम कर्मचारीहरुलाई प्रोत्साहन नै गरेको बताए । 

-Source :