आउने साउनदेखि पुनः निषेधाज्ञा हुन्छ !

Jul Sun 2021 07:53:41

आउने साउनदेखि पुनः निषेधाज्ञा हुन्छ !

काठमाडौ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २०७८ को बैशाख १६ गतेदेखि लगाएको निषेधाज्ञा असारको दोश्रो साताबाट स्माट्र निषेधाज्ञा हुँदै खुल्ने क्रममा छ। तर यो संगै संक्रमितको संख्या पनि बढ्दै जान थालेको छ । यो अवस्थामा अब काठमाडौमा जारी रहेको निषेधाज्ञा के हुन्छ भन्ने जिज्ञासा पनि उत्तिकै छ ।

प्रमुख जिल्ला अधिकारीहरुले यस विषयमा अहिले कुनै छलफल सुरु नभएको जनाएका छन् । तर संक्रमितको संख्या बढ्दै गएका कारण फेरी पनि निषेधाज्ञा थप्न सकिने संभावना भने ब्यक्त गरेका छन् । ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला कोरोनाको संक्रमणदर बढेपछि निषेधाज्ञामा जान सकिने तर्फ संकेत गरेका हुन् ।