सामाजिक सुरक्षा कोषविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा

Jul Sat 2021 10:56:35

2912 views

सामाजिक सुरक्षा कोषविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौं । सामाजिक सुरक्षा कोष विरुद्ध बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुको संगठन वित्तीय क्षेत्र कर्मचारी संघ (फियन) ले आन्दोलन कार्यक्रमहरु घोषणा गरेका छन् । खाइपाइ आएको सेवा सुविधा समेत कटौति हुने गरी कोषमा आफूहरुलाई आवद्ध गराउन लागिएको भन्दै फियनले आन्दोलनको घोषणा गरेको हो ।

शनिबार फियनको तर्फबाट अध्यक्ष पदमराज रेग्मी र महासचिव हरिराज खरेलले प्रेस विज्ञप्ति जारी गर्दै भोलि आइतबारदेखि ३० गतेसम्मका लागि आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् ।

घोषित कार्यक्रम अनुसार सबै बैंक तथा वित्तीय संस्थाहरुमा हरेक दिन विहान १० बजेदेखि १०ः१५ सम्म संघको ब्यानदरमा कोषसँग असहमति किन भनेर ब्यानर प्रदर्शन हुने महासचिव खरेलले जनाए ।

साथै बैंक कर्मचारीहरुले हातमा कालोपट्टि बाधेर समेत विरोध प्रदर्शन गर्ने उनले जानकारी दिए । अहिले आर्थिक वर्षको अन्त्यको समय भएक कारण सांकेतिक रुपमामात्रै विरोध गर्ने कार्यक्रम रहेको उनले बताए ।