काठमाडौं । सर्वोच्च अदालतले सामाजिक सुरक्षा कोष विरुद्द परेको रिटमा अन्तरिम आदेश जारी गरेको छ । सर्वाेच्चले अन्तरिम आदेश सुनाउँदै काेषलाई स्वेच्छिक बनाउन भनेकाे हाे ।
चार दिनको निरन्तरको सुनुवाइपछि पूर्ण इजलासले कर्मचारीको पक्षमा अन्तरिम आदेश दिएको हो । न्यायाधीश अनिलकुमार सिन्हाको नेतृत्वमा रहेको कुमार चुडाल र नहकुल सुवेदीको इजलासले अन्तरिम आदेश दिने निर्णय गरेको हो । तर यो अन्तिम आदेश भने होइन ।
कर्मचारीले सामाजिक सुरक्षा कोषलाई स्वेच्छिक बनाउनु पर्ने माग राखेका थिए । कोषले गत असार मसान्तभित्र दर्ता भइसक्न भनेको थियो । त्यसबिरुद्ध कर्मचारी असार २२ गते सर्बोच्च गएका थिए । सर्वोच्चले यो रिटलाई ४५ दिनभित्र सुनुवाइका लागि पेश गर्न पनि आदेश दिएको छ ।