बैंकको लाभांश पनि बढ्ने, कुन बैंकको कति बढ्ला ?

Sep Sun 2021 06:21:42

बैंकको लाभांश पनि बढ्ने, कुन बैंकको कति बढ्ला  ?

काठमाडौं । बैंकले २०७८ असार मसान्त भित्रमा असुल हुनुपर्ने व्याजलाई २०७८ भदौ १५ गते भित्र प्राप्त भएमा त्यस्तो रकमलाई २०७८ असार मसान्तको आम्दानीमा लेखाङ्कन गर्न सक्ने व्यवस्था गरेसँगै बैंकहरुको वितरणयोग्य नाफा बढ्ने भएको छ  ।

 वाणिज्य बैंकहरुले सार्वजनकि गरेका अपरिष्कृत वित्तीय विवरण अनुसार वाणिज्य बैंकहरुको औसत लाभांश क्षमता साढे १४ प्रतिशत देखिन्छ । 

बैंकर्सका अनुसार बैंकहरुको व्याज रिकभरी यो अवधिमा न्यूनतम २ प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म हुने देखिएको छ । न्यूनतम २ प्रतिशत र अधिकतम ५ प्रतिशतको औसत रिकभरी व्याज ३.५ प्रतिशत हुन आउँछ ।

राष्ट्रिय वाणिज्य बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरणका अनुसार बैंकको वितरणयोग्य नाफा ४ अर्ब ५२ करोड २४ लाख रुपैयाँ छ । कुल विवतरणयोग्य नाफामा राष्ट्रिय वाणिज्य बैंकले ३.५ प्रतिशत बढी भएमा यो अवधिमा बैंकको वितरणयोग्य नाफा १५ करोड ८२ लाख रुपैयाँ बढेर कुल ४ अर्ब ६८ करोड ७ लाख रुपैयाँ हुन आउँछ । यो हिसावले बैंकको लाभांश क्षमता पनि बढ्न जान्छ ।

यस्तै, वितरणयोग्य नाफा बढी भएको बैंकका रुपमा नबिल बैंक पनि देखिएको छ । नबिल बैंकको कुल वितरणयोग्य नाफा ४ अर्ब १४ करोड ६२ लाख रुपैयाँ छ । नबिल बैंकले यो अवधिमा ३.५ प्रतिशत बढेमा सो बैंकको वितरणयोग्य नाफा १४ करोड ५१ लाख रुपैयाँ बढेर ४ अर्ब २९ करोड १३ लाख रुपैयाँ हुन्छ ।