Sep Wed 2021 07:00:05
640 views
काठमाडौ, एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड (EDBL) ले १२% बोनस र ३०% हकप्रद शेयरका लागि असोज ०१ गते शेयर दाखिल खारेज बन्द (बुकक्लोज) गर्ने भएको छ।
संचालक समितिबाट सिफारिस भए बमोजिम चुक्ता शेयर पूँजीको १२% बोनस शेयर र उक्त बोनस शेयरमा लग्ने कर प्रयोजनको लागि ०.६३% नगद लाभांश वितरण गर्न लगेको हो।
यस्तै, बैंकले चौधौं वार्षिक साधारण सभाबाट चुक्ता पूँजीको ३०% हकप्रद शेयर वितरण गर्ने निर्णय गरेको थियो। साधारण सभा प्रायोजनका लागि कम्पनीले असोज ०१ देखि असोज १६ गतेसम्म शेयर दाखिल खारेज बन्द गर्ने भएको छ। संचालक समितिको भाद्र २२ गते बसेको बैठकले बुकक्लोज मिति सम्बन्धी निर्णय गरेको हो। मिति २०७८ साल भाद्र ३१ गतेसम्म कारोबार गरी कायम शेयरधनीले मात्र एक्सेल डेभलपमेन्टको लाभांश लिन, वर्षिक साधारण सभामा भाग लिन तथा हकप्रद शेयरका लागि आवेदन दिन पाउनेछन्।
नेपाल पुनर्बीमा कम्पनीको संसोधित लाभांश १९%
नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (NRIC) ले यस अघि घोषणा गरेको १६.५०% बोनस शेयर र ३.५०% नगद लाभांश लाई परिमार्जन गरी १९% कायम गरेको छ।
अब पुनर्बीमा कम्पनीले चुक्ता पूँजीको १६.५०% बोनस शेयर र २.५०% नगद लाभांश वितरण गर्ने भएको छ।
बिमा समितिको मिति २०७८ श्रावण १५ को पत्रबाट आयकर सम्पति खर्च व्यवस्था गर्न र शेयर प्रिमियम हिसाबबाट बोनस शेयर वितरण गर्दा कर विवरणमा आय जनाई आयकर दायित्व लेखाङ्गन गरी परिमार्जित वित्तिय विवरण पेश गर्न निर्देशन प्राप्त भएकोले कम्पनीको मिति २०७८ भाद्र २२ गते साँझ ५ : १५ बजे बसेको संचालक समितिको ३५९ औं बैठकबाट आर्थिक वर्ष २०७६/७७ को परिमार्जित वित्तिय विवरण अनुसार कम्पनीमा रहेको शेयर प्रिमियम बाहेकको वितरण योग्य मुनाफाबाट चुक्ता पुजी रु.१० अर्बको १६.५% बोनस शेयर र २.५% परिमार्जित नगद लाभांश (लाभांश कर प्रयोजनार्थ समेत) वितरण गर्ने निर्णय भएको छ।
फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको १०.५३% लाभांश घोषणा
फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेड (FMDBL) ले आर्थिक बर्ष २०७७/७८ को मुनाफाबाट १०% बोनस शेयर र ०.५३% नगद लाभांश (कर प्रायोजनका लागि) गरी कुल १०.५३% लाभांश शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको छ।
संचालक समितिको १८४ औं बैठकले सो सम्बन्धी निर्णय गरेको हो।
लघुवित्तले चुक्ता पूँजी रु.८७ करोड ६८ लाख ११ हजार २ सय रुपैयाँ को १०% ले हुन आउने रु.८ करोड ७६ लाख ८१ हजार १ सय २० रुपैयाँ बराबरको बोनस शेयर र ०.५३% ले हुन आउने रु.४६ लाख १४ हजार ८ सय रुपैयाँ बराबरको नगद लाभांश (कर प्रायोजनका लागि) वितरण गर्ने भएको छ
स्वरोजगार लघुवित्तको २५% लाभांश घोषणा
स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड (SLBBL) ले आर्थिक बर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीहरुलाई २५% बोनस शेयर लाभांश वितरण घोषणा गरेको छ। संचालक समितिको २२३औं बैठकले लाभांश सम्बन्धी निर्णय गरेको हो।
लघुवित्तले चुक्ता पूँजी रु.४१ करोड १२ लाख ७९ हजार २ सय ९७ रुपैंयाको २५% अर्थात रु.१० करोड २८ लाख १९ हजार ८ सय २४ रुपैंया बराबरको लाभांश वितरण गर्ने भएको छ।
संचालक समितिले निर्णय गरेको सो लाभांश प्रस्ताव नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृति भए पश्च्यात साधारण सभाको छलफलमा समावेश गरिनेछ।
नबिल इक्विटी फण्ड द्वारा ४०% लाभांश घोषणा
नबिल बैंक लिमिटेड द्वारा प्रवर्द्धन गरिएको नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड योजना व्यवस्थापक रहेको नबिल म्युचुअल फण्ड अन्तर्गत संचालित नबिल इक्विटी फण्ड (NEF) ले आर्थिक वर्ष २०७७/७८ को लागि योजनाको इकाईधनीहरुलाई ४०% नगद लाभांश (कर सहित) वितरण गर्ने भएको छ।
कोषले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट योजनाका इकाइधनीहरुलाई कुल योजनाको आकार रु.१ अर्ब २५ करोडको ४०% अर्थात रु. ५० करोड (कर समेत) लाभांश वितरण गर्न लागेको हो।
श्रावण मसान्त सम्ममा फण्डको प्रति इकाई खुद मुल्य रु.१९.२८ रहेको छ भने भाद्र १७ सम्ममा प्रति इकाई खुद मुल्य रु.१८.३९ कायम रहेको छ।
हाल कारोबार अनुसार बजार मुल्य रु.१५.२३ रहेको छ।
नबिल व्यालेन्स्ड फण्ड २ द्वारा ३५% लाभांश घोषणा
नबिल बैंक लिमिटेड द्वारा प्रवर्द्धन गरिएको नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड योजना व्यवस्थापक रहेको नबिल म्युचुअल फण्ड अन्तर्गत संचालित नबिल ब्यालेन्सड् फण्ड २ (NBF2) ले आर्थिक वर्ष २०७७/७८ को लागि योजनाको इकाईधनीहरुलाई ३५% नगद लाभांश (कर सहित) वितरण गर्ने भएको छ।
कोषले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट योजनाका इकाइधनीहरुलाई कुल योजनाको आकार रु.१ अर्ब १२ करोडको ३५% (कर समेत) लाभांश वितरण गर्न लागेको हो।
श्रावण मसान्त सम्ममा फण्डको प्रति इकाई खुद मुल्य रु.१८.८७ रहेको छ भने भाद्र १७ सम्ममा प्रति इकाई खुद मुल्य रु.१८.०५ कायम रहेको छ। हाल भाद्र २२ गतेको कारोबार अनुसार बजार प्रति इकाई मुल्य रु.१४.९९ रहेको छ।
युनिलिभर नेपालको रु.६५० प्रति शेयर नगद लाभांश घोषणा
युनिलिभर नेपाल लिमिटेड (UNL) ले आर्थिक बर्ष २०७७/७८ को मुनाफाबाट प्रति शेयर ६५० रुपैयाँ को दरले नगद लाभांश वितरण गर्ने भएको छ। संचालक समितिको १६६ औं बैठकले सो सम्बन्धी निर्णय गरेको हो।
हाल संचालक समितिले निर्णय गरेको सो लाभांश प्रस्ताव आउने वार्षिक साधारण सभाले अनुमोदन गरे पश्च्यात मात्र शेयरधनीलाई वितरण गरिनेछ। आर्थिक बर्ष २०७६/७७ को मुनाफा बाट कम्पनीले १००% नगद लाभांश वितरण गरेको थियो।