यसपाली दशैंमा नयाँ नोट साट्न पाइन्छ ! राष्ट्र बैंकले नयाँ नोट वित्तीय संस्थालाई पठाउदै

Sep Sun 2021 10:41:27

800 views

यसपाली दशैंमा नयाँ नोट साट्न पाइन्छ ! राष्ट्र बैंकले नयाँ नोट वित्तीय संस्थालाई पठाउदै

काठमाडौं । दशैंका लागि नयाँ नोट सटही कार्य सुरु नभएको नेपाल राष्ट्र बैंकका सह प्रवक्ता तथा सूचना अधिकारी नारायण प्रसाद पोखरेलले बताए । उनले बैंक तथा वित्तीय संस्थालाई समेत अहिलेसम्म नयाँ नोट वितरण नगरिएको स्पष्ट पारे ।   

उनले नयाँ नोट बाँड्नेबारे राष्ट्र बैंक आन्तरिक छलफलमा रहेको समेत बताए । 

अघिल्लो वर्ष नेपाल राष्ट्र बैंकले कोरोना महामारीका कारण नयाँ नोट सटही सुविधा सर्वसाधारणका लागि उपलब्ध गराएको थिएन । सम्भवतः यो साल पनि नोट साट्ने क्रममा हुने भिडभाडलाई मध्यनजर गर्दै गत वर्ष झैँ राष्ट्र बैंकले आफै नोट नबाँड्ने निर्णय गर्न सक्ने संकेत पनि राष्ट्र बैंकले गरेको छ ।

तर, पोखरेलले राष्ट्र बैंकले नयाँ नोट सटही गर्ने या नगर्ने भन्ने विषयमा छलफल भने गरिरहेको बताए । साथै, कोरोना महामारी कायमै रहेका कारण डिजिटल कारोबारलाई प्रोत्साहन गर्न समेत सरोकारवाला सबैलाई उनले आग्रह गरे ।