बाणिज्य बैंकहरुले निक्षेपको व्याजदर २ प्रतिशतसम्म बढाए, कुन बैकको कति ?

Sep Thu 2021 10:53:27

759 views

बाणिज्य बैंकहरुले निक्षेपको व्याजदर २ प्रतिशतसम्म बढाए, कुन बैकको कति ?

काठमाडौं ।  वाणिज्य बैंकहरुले असोज १ गतेदेखि लागू हुने गरि निक्षेप र कर्जा दुबैको व्याजदर बढाएका छन् । वाणिज्य बैंकहरूले साधारण बचत,मुद्दती र कर्जा पनि व्याजदर बढाएका हुन् ।

वाणिज्य बैंकहरूले मुद्दती निक्षेपको ब्याजदरमा ०.५ प्रतिशतदेखि ३ प्रतिशतबढीले ब्याजदर बढाएर दोहोरो अंक (१० प्रतिशतसम्म)को व्याददर घोषणा गरेका छन् । हाल संचालनमा रहेका विकास बैंक तथा फाइनान्सहरुलाई समेत उछिनेर २४ वटै वाणिज्य बैंकहरुले  मुद्दतीमा ब्याजदर बढाएका हुन् ।

हाल सञ्चालनमा रहेका  विकास बैंकहरुले ६ प्रतिशतदेखि ११.२५ प्रतिशतसम्म मुद्दति निक्षेपमा ब्याज दिइरेहका छन् । साथै फाइनान्स कम्पनीहरुले समेत मुद्दति खातामा ७.५० प्रतिशतदेखि ९।५० प्रतिशतसम्ममात्र ब्याजदर दिइरहेका छन् ।

सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार  सबै भन्दा बढी सनराइज बैकले  एक वर्षभन्दा बढी अवधिको लागि व्यक्तिगत मुद्दती निक्षेपमा १०.०७ प्रतिशत ब्याजदर दिने घोषणा गरेको छ। साथै व्याजदर मुद्दतीतर्फ सनराइज बैंक कै हाराहारीमा  ग्लोबल आईएमई बैंकले मुद्दतीको व्याजदर करिब १०.५ प्रतिशत र  सानिमा बैंकले १०.०१ प्रतिशतसम्म व्याजदर कायम गरेका छन् ।

स्टाण्डर्ड चार्टर्ड, नेपाल एसवीआई, हिमालयन बैंक लगायतका केही बैंकहरूले व्याजदरमा खासै ठूलो परिवर्तन गरेका छैनन् । यसबाहेक अन्य सबै बैंकहरूले व्याजदर बढाएका हुन् । भदौ महिनाको तुलनामा बाणिज्य बैंकहरूले औसत १–२ प्रतिशतसम्म व्याजदर बढाएका छन् ।

अन्य बैंकहरूले ८ देखि ९.५ प्रतिशतको हाराहारीमा व्याजदर कायम गरेका छन् मौद्रिक नीतिमा घोषणा गरे बमोजिम रेमिटान्समार्फत प्राप्त हुने बचतका लागि साधारण तथा मुद्दती दुवैको व्याजदर बैंकहरूले १ प्रतिशतले बढाएका छन् ।

मुद्दती निक्षेपमा राष्ट्रिय वाणिज्य बैंकले ७.२५ प्रतिशतबाट ९.०६ प्रतिशत, ब्याजदर प्राइम बैंकले ७.७६ प्रतिशतबाट ९.७६ प्रतिशत, एनएमबि बैंकले ७.५० प्रतिशतबाट ९.५२ प्रतिशत र सानिमा बैंकले ६.८५ प्रतिशतबाट ९.५१ प्रतिशत पुर्याएको छ ।

साथै, नबिल बैंकले ७.५१ प्रतिशतबाट ९.२६ प्रतिशत, एनसीसी बैंकले ८ प्रतिशतबाट ९.२६ प्रतिशत, ग्लोबल आइएमईले ७.१ प्रतिशतबाट ९.५० प्रतिशत, सिभिल बैंकले ८.७८ प्रतिशतबाट ९.२५ प्रतिशत र सेञ्चुरी बैंकले ७.५० प्रतिशतबाट ९.२५ प्रतिशत पुर्याएको छ । 

यस्तै, नेपाल बंगलादेश बैंकले ७.५० प्रतिशतबाट ८.७६ प्रतिशत ,सिद्धार्थ बैंकले ७ प्रतिशतबाट ९.०२ प्रतिशत ब्याजदर कायम गरेको छ । साथै, मुद्दति निक्षेपको अधिकतम ब्याजदरमा एभरेष्ट बैंकले ७ प्रतिशतबाट ८.६१ प्रतिशत, कृषि विकास बैंकले ७.५० प्रतिशतबाट ८.६० प्रतिशत माछापुच्छ्रे बैंकले ७.०५ प्रतिशतबाट ८.७५ प्रतिशत, र नेपाल एसबीआइ बैंकले ७.५५ प्रतिशतबाट ८.५५ प्रतिशत पुर्याएको छ ।

त्यस्तै, नेपाल इन्भेष्टमेण्ट बैंकले ७ प्रतिशतबाट ८.५० प्रतिशत र बैंक अफ काठमाण्डूले ७ प्रतिशतबाट ८.२७ प्रतिशत हिमालयन बैंकले ७ प्रतिशतबाट ८.५० प्रतिशत, लक्ष्मी बैंकले ७ प्रतिशतबाट ८.५० प्रतिशत ब्याजदर पुर्याएको छ ।

 यसका साथै, कुमारी बैंकले ७.६५ प्रतिशतबाट ८.१५ प्रतिशत प्रभु बैंकले ७.७५ प्रतिशतबाट ८.२५ प्रतिशत, मुद्दती निक्षेपको व्याजदर पुर्याएको छ ।