अब अरुका नाममा आइपिओ भर्ने नपाइने, भरे कारवाही हुने

Sep Fri 2021 08:30:23

अब अरुका नाममा आइपिओ भर्ने नपाइने, भरे कारवाही हुने

काठमाडौं : अरुकै नाममा आइपिओ भरेर नाफा लिने प्रवृत्ति हटाउन सिडिएस एण्ड क्लियरिङले नयाँ सफ्टवेयरको विकास गर्दैछ।

सो सफ्टवेयरमा डिपीहरुले ग्राहकको केवाइसी विवरण भरेपछि सिडिएससीको सिस्टममा आई स्टोरेज हुनेछ। उनका अनुसार अब केवाइसी विवरणलाई अझ विस्तृत बनाइने छ। हालसम्म डिम्याट खाता खोलेकाहरु पनि एक पटक निक्षेप सदस्य (डिपी)मा आफै उप स्थित भएर केही थप विवरण प्रमाणित गर्नुपर्नेछ। त्यतिबेलै अरुका नाममा डिम्याट खाता खोलेकाहरु पत्ता लाग्नेछ।

नयाँ सफ्टवेयरले फोटो र व्यक्ति पहिचान गर्ने उच्च क्षमता राख्नेछ। यसले गर्दा नागरिकताको फोटोअनुसारको व्यक्ति उपस्थित भएको हो/होइन भन्ने पनि धेरै हदसम्म पत्ता लाग्ने आचार्यले बताए। त्यस्तै मेसिनबाटै ग्राहकले ल्याप्चे समेत लगाउने छन्। प्रमाणित भएका व्यक्तिहरुको डिम्याट खाता संचालन हुनेछ भने प्रमाणित हुन नसकेका व्यक्तिको डिम्याट खाता निश्चित समयपछि हटाउने व्यवस्था गरिनेछ।