सेयर कारोबार १५ दिन मात्रै रोक्का हुने

Aug Sun 2022 02:38:16

409 views

सेयर कारोबार १५ दिन मात्रै रोक्का हुने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले अब मर्जर तथा एक्विजिसनमा जाने कम्पनीको सेयर कारोबार १५ दिनमात्रै रोक्का गर्नु पर्ने निर्देशिकाकाे मस्याैदा तयार गरेको छ ।

धितोपत्र बोर्डले मर्जर तथा एक्विजिसनमा जाने कम्पनीहरुको सेयर कारोबार निर्देशिका १०७९ को ड्राफ्ट तयार गर्दै अब  कम्पनीकाे मर्जर सम्झाैता भएपछि मात्रै अधिकतम् १५ दिन मात्रै सेयर काराेबार राेक्का हुने व्यवस्था गर्न लागेकाे हाे ।


‘एकीकृत व्यवसायिक कारोबार गर्ने मितिबाट गाभ्ने संस्था वा प्राप्ति गर्ने संस्था र गाभिने संस्था वा लक्षित संस्थाको सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकिकरण तथा सूचिकरण लगायतका कार्यका लागि बढीमा १५ कार्य दिन सेयर कारोबार रोक्का राख्नुपर्नेछ,’ निर्देशिकाको मस्यौदामा भनिएको छ ।’

तर, प्रारम्भिक समझदारी भए पश्चात धितोपत्र बजारले गाभ्ने/गाभिने वा लक्षित संगठित संस्थाका आधारभूत सेयरधनीको कारोबार मर्जर सम्झाैता भएपछि भने राेक्का हुनेछ ।

यस्तै, बोर्डबाट गाभ्ने/गाभिने वा प्राप्तिका लागि स्वीकृति प्राप्त गरेका संगठित संस्थाले प्रचलित कम्पनी सम्बन्धी कानून बमोजिम एकीकृत व्यवसायिक कारोबारको स्वीकृति प्राप्त गरेपश्चात् सो को जानकारी सहित एकीकृत व्यवसायिक कारोबार गर्ने मितिको जानकारी बोर्ड, धितोपत्र बजार तथा केन्द्रीय निक्षेप कम्पनीलाई दिनु पर्ने व्यवस्था बोर्डले गरेको छ ।