अबदेखि बाउन्स चेक काट्नेलाई बैंकिङ कसुरको मुद्दा लाग्ने

Aug Sun 2022 11:42:11

अबदेखि बाउन्स चेक काट्नेलाई बैंकिङ कसुरको मुद्दा लाग्ने

काठमाडौं । सर्वोच्च अदालतले आफैले गरेको फैसलालाई उल्टाउदै चेक बाउन्स सरकारवादी मुद्दा हुने फैसला गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशहरू आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको पूर्णइजलासले पुरानो फैसलामा परिवर्तन गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय डम्बरबहादुर शाही र कुमार रेग्मीले तीन वर्ष अगाडि चेक बाउन्स सरकारवादी मुद्दा नहुने फैसला गरेको थियो ।

३ वर्ष अगाडि सर्वोच्च अदातलले कैलालीकी निर्मला सोडारीले गणेशकुमार रावललाई चेकमार्फत दिएको १८ लाख ८५ हजार रकमको दुईवटा चेक बाउन्स भएपछि परेको मुद्दामा फैसला सुनाउदै सर्बोच्चले चेक बाउन्सको मुद्दा फौजदारी नहुने नजिर कायम गरेको थियो ।

३ वर्षपछि सर्वोच्चले फैसलालाई उल्टाएर बैंकिङ कसुर अनुसार मुद्दा चल्न सक्ने फैसला गरेको छ ।