१० वस्तुको आयातमा प्रतिबन्ध लगाए सँगै विदेशी मुद्रा सञ्चितिमा सुधार देखियो

Aug Wed 2022 01:50:29

423 views

१० वस्तुको आयातमा प्रतिबन्ध लगाए सँगै विदेशी मुद्रा सञ्चितिमा सुधार देखियो

विलासिताको वस्तुमा  प्रतिबन्ध लगए सँगै विदेशी मुद्रा सञ्चितिमा सुधार आएको छ । । आर्थिक बर्ष २०७८/७९ को प्रतिवेदन अनुसार असार महिनामा विदेशी सञ्चितिको स्तर बढेको छ । राष्ट्र बैंकको प्रतिवेदन अनुसार असार महिनामा विदेशी रकमको सञ्चिति ३९ अर्ब रुपैंया बराबर थपिएको प्रतिवेदनमा छ । 

यस अघि विदेशी सञ्चिति ३० अर्ब रुपैंया बराबरको रहेकोमा ९ अर्बले वृद्धि भई असार महिनामा ३९ अर्ब  विदेशी मुद्राको सञ्चित भएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ 

विभिन्न १० वस्तुको आयातमा हाल सम्म पनि प्रतिबन्ध यधावत् रहेको छ । बैंशाख १४ गते बाट प्रतिबन्ध लगाएको वस्तु भदौ १४ सम्मको लागि यथावत् राखेको छ । 

२०७८ को असार मसान्तमा यस्तो सञ्चिति १३ खर्ब ९९ अर्ब रहेकोमा हाल १२ खर्ब १५ अर्बमा झरेको हो । 

हाल बैंकिङ्ग क्षेत्र सँग रहेको ७.८ महिनाको आयात र ६.९ महिनाको वस्तुको आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ ।