लघुवित्त विरुद्ध संघर्ष गर्नेलाई कारवाही गर्न गृह मन्त्रालयको निर्देशन

Aug Thu 2022 04:30:50

494 views

लघुवित्त विरुद्ध संघर्ष गर्नेलाई  कारवाही गर्न गृह मन्त्रालयको  निर्देशन

काठमाडौं । प्रचलित कानुन अनुसार दर्ता भई सञ्चालन भएका लघुवित्त विरुद्ध संघर्ष समिति निर्माण गरि आन्दोलन गर्नेहरुलाई कारवाही गर्न गृह मन्त्रालयले निर्देशन जारी गरेको छ । मन्त्रालयले भदौ १ गते ‘लघुवित्त विरुद्ध संघर्ष समिति’ नामको अवैधानिक समूहले आन्दोलन गरी लघुवित्त कार्यक्रमलाई धरासायी बनाउने कोशिष भइरहेको भन्दै आवश्यक कारवाहीको लागि प्रहरी प्रधान कार्यालयलाई आदेश गरेको छ ।

मन्त्रालयले मन्त्रालयले ‘लघुवित्त विरुद्ध संघर्ष समिति’ नामको अवैधानिक समूहले लघुवित्तका कार्यक्रममा अवरोध गर्ने, कपोकल्पित आक्षेप लगाई अनर्गल प्रचार गर्ने र कार्यक्रम बन्द गर्न धम्की दिने गरिएको जनाएको छ । मन्त्रालयले नेपाल लघुवित्त बैंकर्स संघको पत्रमार्फत सो संघर्ष समितिले गरेको गतिविधिको विषयमा आवश्यक कारवाहीको लागि अनुरोध गरी पत्र बुझाएको र सोही आधारमा लघुवित्त विरुद्ध संघर्ष गर्नेहरुलाई आवश्यक कारवाहीको लागि पत्र काटेको जनाएको छ ।