काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक साताको अन्तिम दिन विहिबार १४ सय विन्दुमाथि पुगेको छ । नेप्से बढेर १ हजार ४ सय ३४ दशमलव ५७ विन्दुमा पुगेको छ भने २ अर्ब ७८ करोड ५१ लाख बराबरको कारोवार भएको छ ।
बजारमा ५ कम्पनीको १० करोड बढीको सेयर किनबेच भएको छ । शिवम् सिमेन्टको १७ करोड, हिमालयन डिष्टिलरी १२ करोड २२ लाख, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १२ करोड १५ लाख, ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको ११ करोड र शिखर इन्स्योरेन्सको १० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।