आईपीओ निष्कासनको तयारीमा एनआईसी एशिया लघुवित्तको

Feb Sat 2020 09:09:00

1188 views

आईपीओ निष्कासनको तयारीमा एनआईसी एशिया लघुवित्तको

काठमाडौं । एनआईसी एशिया लघुवित्तले सबैभन्दा बढी आईपीओ जारी गर्न लागेको छ ।  लघुवित्तले यस आर्थिक वर्षको ६ महीनामा रू ११ करोड १२ लाख ७८ हजार खुद नाफा गरेको छ । गत वर्ष यसै अवधिमा कम्पनीले रू। ५ करोड ७७ लाख १० हजार नाफा गरेको थियो ।

 १ अर्ब ४५ लाख चुक्तापूँजी रहेको यस कम्पनीले रू.४७ करोड ५५ लाख बराबरको आईपीओ जारी गर्न माघ ७ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको थियो । यस आईपीओलाई केयर रेटिङ नेपालले औषतभन्दा कम आधार जनाउने गे्रड ४ प्लस रेटिङ प्रदान गरेको छ । यो कम्पनी एनआईसी एशिया बैंकको सहायक कम्पनी हो ।