नेप्से १६०० अंक माथि पुुग्ने ,अब बैंकका शेयरधनी मालामाल बन्ने नबेच्नुहोला शेयर

Feb Sun 2020 04:58:30

513 views

नेप्से १६०० अंक माथि पुुग्ने ,अब बैंकका शेयरधनी मालामाल बन्ने नबेच्नुहोला शेयर

नेप्से परिसूचक ६९.५६ अंकले बढेर १ हजार ५ सय ४ दशमलव १४ विन्दुमा पुगेको छ भने नयाँ रेकर्ड कायम गर्दै आइतबार ३ अर्ब ६० करोड ८५ लाख २६ हजार ३५४ बराबरको कारोवार भयो । 

अर्थमन्त्री डा. युवराज खतिवडाको स्थानमा वामदेव गौतम आउने राजनीतिक कुरोसँगै शेयर बजार उचालिएको हो

केही सातादेखि वित्तीय क्षेत्रमा ब्याजको आधार दर घटिरहेको छ । आधार दर घट्दा ऋणको ब्याज पनि कम हुन्छ । ऋणको माग नभएर तरलता थोरै बचतमा रहेका बेला बैंकहरुले शेयर बजारमा खन्याउन थालेका छन् ।

बजारमा अर्थमन्त्री हट्ने हल्ला र प्राविधिक विश्लेषणहरुले अब बजार रोकिने अर्को विन्दु १६ सय माथि हो भने पछि लगानीकर्ताहरु नाफा बुक गर्नुको साटो लगानी बढाउनतिर लागेपछि कारोबार अस्वभाविक बढेको हो । 


नेप्से १५०० विन्दू ब्रेक गर्दै सर्टटर्मका लागि १४६० र १४८० विन्दूको रेन्जमा पुग्नसक्छ । एक–डेढ महिनामा नेप्से बीच १५०० सय र १६०० को बीचमा आइसकेपछि मात्र १८८१ को विन्दूलाई रेकर्ड ब्रेक गरेर नयाँ इतिहास रच्नसक्ने देखिन्छ ।