६४ अर्ब शेयर बजार घटाउने खेल कसले गर्यो, अनुसन्धान हुदै : मंगलबार र बुधबारको कारोबार रद्ध गर्न लगानीकर्ताको माग

May Fri 2020 02:11:48

६४ अर्ब शेयर बजार घटाउने खेल कसले गर्यो, अनुसन्धान हुदै  : मंगलबार र बुधबारको कारोबार रद्ध गर्न लगानीकर्ताको माग

काठमाडौं । मंगलबार र बुधबार २ दिनका लागि खुलेको सेयर बजारमा ६४ अर्ब रुपैयाँको लगानीकर्ताको सम्पत्ति घटेपछि धितोपत्र बोर्डले अनुसन्धान गर्ने भएको छ ।

धितोपत्र बोर्डको प्रारम्भिक अनुसन्धानमा २ दिनमा सेयरको मूल्य घटाउन चलखेल भएको तथा नियोजित रुपमा घटाउन खोजेको निष्कर्ष निकालेको छ ।

मङ्गलबार बजार झण्डै डेढ घण्टा टिकेको थियो भने बुधबार कारोवार शुरु भएको ४० मिनेटमा नै सर्किट लागेर बन्द भएको थियो । 

बोर्डले दुई प्रतिशतका आधारमा बजार उकालो लागे पनि वा ओरालो लागे पनि सर्किट ब्रेक लगाउने व्यवस्था गरेको थियो ।

मंगलबार र बुधबारको कारोबार रद्ध गर्न लगानीकर्ताको माग

शेयर बजार बन्द गर्न बोर्डको निर्देशन,  मंगलबार र बुधबारको कारोबार रद्ध गर्न लगानीकर्ताको माग

लगानीकर्ताका चारवटा संगठनले संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै लकडाउनकै बीच मंगलबार र बुधबार भएको सेयर कारोबार रद्ध गर्न माग गरेका छन् । 

हाल संचालनमा रहेको अनलाईन प्रणालीमा व्यापक सुधार गरी सबै लगानीकर्ताहरूले उक्त प्रणालीमा सहभागी हुन सक्ने लगानीमैत्री वातावरण सिर्जना नगरी बजार संचालन गर्दा राज्यले चाहे अनुरूप राजश्व संकलन नहुने, बहुसंख्यक सरोकारवालाहरूको सहभागिता नहुने र लक्षित वर्गले यसबाट प्रतिफल पनि लिन नसक्ने अवस्था सिर्जना भएको विज्ञप्तिमा दाबी गरिएको छ । ‘शेयर बजारमा अन्यौल र अस्थिरता श्रृजना हुने र नियामक निकायको बजार संचालन सम्बन्धी निर्देशिकाका बुँदाहरूलाई पालना नगरी गरिएका कारोवारबाट कुनै उपलब्धि हासिल नभएको हुनाले आजैबाट शेयर बजार लकडाउन अवधिभर संचालन नहुने निर्णय भएकोमा सेवोन, नेप्से लगायत सरोकारवाला निकाय र यसमा सहयोग गर्नु हुने व्रोकर, आम लगानिकर्ता साथीहरुमा सबै संघ संगठनको तर्फ बाट हार्दिक धन्यवाद व्यक्त गर्न चाहान्छौं।’ विज्ञप्तिमा भनिएको छ ।